फागुन -१८। रिब्दीकाेट गाउँपालिकाकाे भैरवस्थानमा बजार अनुगमन गरिएकाे छ। घरेलु तथा साना उधाेग कार्यालय पाल्पाकाे अायाेजना र रिब्दीकाेट गाउँपालिकाकाे समन्वयमा गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालकाे नेतृत्वमा बजार अनुगमन गरिएकाे हाे।अनुगमनमा २३ वटा पसलहरूमा बस्तुहरूकाे उपभाेग्य मिति ,मूल्य सुचि, खरिद बिकृिकाे बिल,साइन बाेड, सम्बन्धित निकायमा दर्ता भए नभएकाे अनुगमन गरिएकाे थियाे। अनुगमनकाे क्रममा म्याद गुज्रिएका वस्तुहरू जफत गरी नष्ट गरिएकाे थियाे भने भैरव मन्दिरमा चढाउनका राेट बनाउन प्रयाेग हुने ध्यूकाे गुणस्तर जाँचकाे लागि दुईवटा पसलबाट राेट बन्दै गरेकाे घ्यूकाे खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले नमुना संकलन समेत गरेकाे छ उक्त नमुनाहरू खाद्य कार्यालय भैरहवामा जाँच गरी अावश्यक प्रक्रिया अगाडि बढाइने छ । अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालय,जिल्ला प्रसासन कार्यालय,खाद्य अनुगमन तथा गुण नियन्त्रण कार्यालय , रिब्दीकाेट गाउँपालिका,उद्योग वाणिज्य संघ,उपभोक्ता हित संरक्षण मञ्च र व्यापार संघका प्रतिनिधिहरू र हार्थाेक प्रहरी चाैकीका सुरक्षा कर्मीहरूकाे सहभागिता रहेकाे थियाे।
Discussion about this post