चुरामणी तिमिल्सिना
फागुन -२०।माध्यमिक तहको शिक्षा सन्चालन गर्न लुम्बिनी माविले घरदैलो , भेटघाट ,फोन सम्पर्क तथा सामाजिक संजाल प्रयोगलाई अगाडि बढाएको बिद्यालयका प्रधानाध्यापक दिपक गौतमले बताउनु भयो। प्राय गरेर समाजमा पर्व ,उत्सव तथा मेलापर्वमा गरिने खर्चलाइ कटौती गर्दै बिद्यालयलाई आर्थिक सहयोग स्थानीयले गरिरहेको शिक्षक युबराज पौडेलले बताउनु भयो। यसै सिलसिलामा यसै बिद्यालय व्यवस्थापन समितिका पुर्व सदस्य , पाल्पा व्यापार संघका प्रथम उपाध्यक्ष , सामाजिक व्यतित्व, सफल व्यापारी, धार्मिक प्रेमी र बिद्यालयका पुर्व बिद्यार्थी हाल तानसेन नगरपालिका-४ बिशालबजार निवासि थानेश्वर गैरे र भगवती गैरे ले जन्मदिन र वैवाहिक बर्षगाँठकाे अवसरमा यस बिधालयमा कक्षा ११ र १२ सन्चालन गर्नको लागि रू१,५५,५५५/- अक्षरुपी एक लाख पचपन्न हजार पाच सय पचपन्न रुपियाँ आर्थिक चेक बिद्यालयलाई हस्तान्तरण गर्नु भयो । चेक ग्रहण गर्दै समितिकाअध्यक्ष पुरुषोत्तम गैरेले
सहयाेगदाता थानेश्वर गैरेलाई जन्मदिनकाे र गैरे दम्पतीलाई वैवाहिक वर्षगाँठ शुभकामना सहित परिवारको सुस्वाथ्य र दिर्घायुको कामना गर्नु भयो । गैरेले बिगतका बर्षहरुमापनि आफ्ना घर परिवारका सदस्यको जन्म उत्सव विभिन्न ठाउहरुमा यस्तै सहयोग गर्दै आएको बताउनु भयो । गैरेले यति मात्र नभइ आफ्नै जन्म घर लुहुङसिबालय मन्दिरको गेट निर्माणमा आर्थिक सहयोग , असहाय, अपांग दुखि परिवार र अति बिपन्न परिवारलाई निरन्त सहयोग गरिरहेको बताउनु भयो । आज यसरि सहयोग गर्न पाउदा आफ्नो परिवारमा खुशी छाएको गैरेले बतानु भयो।
Discussion about this post