वैघा रिडी सडक खण्ड अन्तर्गत हटिया – खोपा खण्डमा कालोपत्रे निर्माण कार्य आजबाट पुनः सुरु

16
SHARES
134
VIEWS

फागुन -२१

कालीगण्डकी गाउँपालिकाको हटिया खोपा सडक खण्डमा कालोपत्र निर्माण कार्य आजबाट सुरु भएको छ। चिसो मौसमका कारण कालोपत्रे गर्ने कार्य रोकिएकोमा आजबाट उक्त सडक खण्डमा पुनः निर्माण कार्य सुरु गरिएको सगुन कन्स्ट्रक्सन प्रालिले जानकारी दिएको छ। आजबाट उक्त सडक खण्डमा सम्पूर्ण सवारी साधनको आवतजावतलाई निषेध गरि निर्माण कार्य थालिएको सगुन कन्स्ट्रक्सन प्रालिका योजना प्रमुख अलप्रेन्ड अधिकारीले जानकारी दिनु भयो। निर्माण कार्य अवधीभर कुनै पनि सवारी साधनहरु हटिया देखि खोपा सम्म सञ्चालनमा रोक लगाइएको छ।

कम्पनीको निर्माण कार्य तालिका अनुसार आजबाट उक्त सडक खण्डमा प्राइम कोट बिछ्यौने कार्यले तिब्रता पाउने छ। ५ दिन भित्र हटिया देखि खोपा भिर्क्टुङ्गेस्वर सम्म प्राइम कोटको कार्य सकिने कम्पनी जनाएको छ। कालीगण्डकी गाउँपालिकामा मिर्मीको मिलन चोक धारा पानी , धारा पानी देखि वैघा रानीघाट र वैघा देखि रिडी सम्म गरि तीन भागमा विभाजन गरि निर्माण कार्य भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार