अर्घाखाँचीको पाणिनी गाउँपालिकामा चौथो पाणिनी दुर्वाश्वेर पर्यटन महोत्सव हुने

16
SHARES
135
VIEWS

माधव पौडेल
अर्घाखाँची – फागुन २१ । अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गाफाटमा चौथौ पाणिनी दुर्वावेश्वर पर्यटन महोत्सव हुने भएको छ । फागुन २७ गते हुने महोत्सवको बिहीवार दुर्गाफाटमा आयोजना पत्रकार सम्मेलनमा पाणिनी पर्यटन समाजका अध्यक्ष झविन सुनामले जानकारी दिए ।

पाणिनी गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा टेवा पुराउने उद्देश्यले आयोजित महोत्सबमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालमा पुर्व अध्यक्ष तथा बहुचर्चित लोक गायक बद्री पंगेनी, लोकदोहोरी गायिका सुनितामी परियार, हास्य व्यंग्य कलाकार माईला बा लगाएतको बेजोड प्रस्तुति रहने अध्यक्ष झबिन सुनामले बताए ।

पाणिनी पर्यटन समाजको आयोजना र पाणिनी गाउँपालिकाको सह–आयोजना हुने मेला शिवरात्रीको दिन हुने महोत्सवको तयारी सुरु भएको छ । महोत्सवको उद्घाटन कार्यक्रम भने तय भईसकेको छैन् । कर्यक्रममा मन्तब्य राख्दै पत्रकार माधव पौडेलले पर्यटन समाजले गरेका काम को प्रसम्सा गर्दै पत्रकरिता गर्ने सथिहरुलाई स्वतन्त्र रुममा पत्रकरिता गर्न आग्रह गरे ।

विगत एक वर्ष अगाडी जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको पाणिनी पर्यटन समााजले सामाजिक क्षेत्रमा क्रियाशिल रहदैँ आएको छ । समाजले पाणिनी गाउँपालिकामा पहिलोपटक एम्बुलेन्स सेवा समेत सञ्चालन गरिसकेको छ ।कार्यक्रममा पत्रकार घनश्याम पौडेल ,drg सुमन ,कमला घिमिरे ,रुक्मांगत भट्टराई ,चोलनाथ पौडेल ,लगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार