यम सोमै
फागुन -२१ सामान्यतया निजी बिद्यालयमा त्यहाँको शैक्षिक गतिविधि तथा व्यवस्थापकिय पक्षको सिको तथा अवलोकन गर्नका लागि सामुदायिक बिद्यालयले अवलोकन भ्रमण गर्ने गरेको पाइन्छ । तर स्याङ्जामा भने एक निजि बिद्यालयले जिल्लाको एक सामुदायिक बिद्यालयको अवलोकन भ्रमण गरेको छ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ दब्छे मा अवस्थित श्री ध्रुबज्योति माविमा गल्याङ नगरपालिकाको ग्रीनचौर पब्लिक इङलिस बोर्डिङ स्कुलले अवलोकन भम्रण गरेको हो। भौतिक रुपमा सुबिधासम्पन्न , कुशल व्यवस्थापन, शैक्षिकरुपमा अब्बल तथा आकर्षक फुलबारीका कारण चर्चामा रहेको श्री ध्रुबज्योति माविमा ग्रीनचौर पब्लिक इङलिस बोर्डिङ स्कुलका बिद्यालयका विद्यालय व्यवस्थापन समितका पदाधिकारी , बिद्यालयका प्रिन्सिपल तथा शिक्षकहरुको समूहले संयुक्त रुपमा बिद्यालयको अवलोकन गरेको हो। बिगत देखि नै यस बिद्यालयमा अन्य थुप्रै बिद्यालयहरु अवलोकन भ्रमणका लागी आउने गरेकोमा आज शुक्रबार निजि बिद्यालयले समेत यो बिद्यालयको अवलोकन भ्रमण गरेको हो।
एक विद्यार्थी , एक तरकारी तथा प्रयोगात्मक शिक्षामा जोड दिदै आएको श्री ध्रुव ज्योति मावि हाल पालिका , जिल्ला हुँदै देशकै नमुना बिद्यालय बनेको छ।
आफ्नो बिद्यालयमा अवलोकनका लगि आउनु भएका ग्रीनचौर पब्लिक इङलिस बोर्डिङ स्कुलका संचालक समितिका पदाधिकारीहरु , प्रिन्सिपल तथा शिक्षकहरुको समूहलाई आफुले बिद्यालयको सम्पूर्ण पक्षको बारेमा जानकारी दिएको बिद्यालयका प्रधानाध्यापक हिरा बहादुर गाहा मगरले जानकारी दिनु भयो। बिद्यालयले कुशल प्रधानाध्यापक , बिद्यालय व्यवस्थापन समित , राम्रो टिम वर्क भएका शिक्षक तथा सचेत अभिभावकहरुका कारण बिद्यालयलाई आज यो स्थानमा पुर्याउन सफल भएको प्रधानाध्यापक गाहा मगरले बताउनुभयो ।
निजि बिद्यालयबाट सामुदायिक बिद्यालयले धेरै कुरा सिक्न सक्ने र सामुदायिक बिद्यालयबाट निजि बिद्यालय पनि सिक्न सक्ने भन्दै बिद्यालय अवलोकनका लगि आउनु भएका ग्रीनचौर पब्लिक इङलिस बोर्डिङ स्कुलप्रति प्रअ गाहा मगरले आभार व्यक्त गर्नु भयो।
Discussion about this post