पाल्पामा जिप दुर्घटना हुँदा चार जना घाइते

16
SHARES
131
VIEWS

फागुन -२२
पाल्पामा आज बिहान सवारी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । दुर्घटनामा परि घाइते हुनेहरुमा जिल्लाको निस्दी गाउँपालिका वडा नम्बर ७ बस्ने २२ वर्षका रेवन आले , २१ वर्षका दिल बहादुर सारु ,२८ वर्षका चन्द्र सिंह सुनारी र जिप पचालक पुर्बखोला गाउँपालिका वडा नम्बर ३ बस्ने २७ वर्षका शिशिर आचार्य रहेका छन् ।

जिल्ला प्रहरी कार्यलय पाल्पाले दिएको जानकारी अनुसार आज बिहान करिब २ बजे तिर निस्दी गाउँपालिका २ पोखरीछाप नजिकै भित्री कच्ची सडक खण्डमा बिहेको दाइजो छोडेर ज्यामिरे तर्फ फर्कदै गरेको लु १ ज १७६२ नम्बर जिप सडक बाट २५ मिटर तल खस्दा उक्त दुर्घटना भएको हो।

घाइतेहरु मध्ये रेवन आलेको अवस्था गम्भीर रहेको छ भने अन्य तीन जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ । घाइते सवै जनालाई युनाइटेड मिसन अस्पतालमा उपचार भैरहेको छ भने उक्त सवारी दुर्घटनाका सम्बन्धमा अनुसन्धान कार्य जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार