चुरामणी तिमिल्सिना
फागुन -२२।गुल्मीको सत्यवती गाउँपालिका खैरेनीमा आठ दिने लघु उद्यम विकास सम्वन्धि तालिमकाेे समापन गरिएको छ । नेपाल सरकार उद्योग तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोग तथा सत्यवती गाउँपालिकाको आयोजनामा तालिम गरिएको हो । फागुन १४ गते देखि सञ्चालन भएको तालिममा २५ जनाको सहभागीता रहेको थियो। ८ दिन सम्म संचालित तालिमको समापन शत्रमा प्रमुख अतिथी सत्यवती गाउँपालिकाकि उपाध्यक्ष सुवर्ण शेरचन शाही रहनु भएको थियो। कार्यक्रममा बोल्दै उपाध्यक्ष शाहीले महिला दिदीबहिनीहरुलाई तालिम अवधिभर सिकेका कुराहरुलाई तत्कालै व्यबहारमा उतार्न सकेमा तालिमको औचित्य पुरा हुने कुरामा जोड दिनु भयो ।
कार्यक्रममा सत्यवती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष भिमलाल पाण्डे , वडा नम्बर ६ का वडा अध्यक्ष बिष्णु प्रसाद भण्डारी पालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिस्वर रेग्मी , वडा तथा कार्य कार्यपालिकाका जनप्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा बक्ताहरुले यस्ता तालिमले ग्रामीण भेगका महिला दिदीबहिनीहरुलाई ठुलो टेवा पुगेकाले आगामी कुनै पेसा व्यवसाय गर्न चाहेमा तालिम लिएकाहरुलाई थप सहयोग प्रदान गर्न आफुहरु तयार रहेको बताउनु भयो। । तालिम अवधिभर भुपेन्द्र बहादुर बोहोरा र निर्जला पुन मगरले प्रशिक्षण प्रदान गर्नु भएको थियो ।
Discussion about this post