प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन हुँदा स्थानियले पाए रोजगारी

20
SHARES
165
VIEWS

चुरामणी तिमिल्सिना
फागुन -२३। गुल्मीको गुल्मीदरबार गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमले तीव्रता लिएको छ । २०५ जनाले नियामित रुपमा १०० दिन रोजगारि पाउने भएका छन् । जस्मा १ दिन काम गरे बापत मजदुर रु ५१७ रुपियाँ पाउने पालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनु भयो ।

१०० दिनको रोजगार कार्यक्रममा पानीको स्रोतको लागि पोखरी निर्माण , मठमन्दिर सरसफाइ, पुराना चौपारीको संरक्षण तथा निर्माण
गाउँला पुराना पैदल मार्गको स्तरोन्नती , प्रत्येक वडाको फराकिलो र उच्च स्थानमा हेलीप्याड निर्माण , पिकनिक स्पोर्ट् निर्माण जस्ता कार्यक्रम भैरहेको प्रशासकीय अधिकृत पाण्डेले बताउनु भयो ।

यता यो कार्यक्रमको निरीक्षण , मुल्यांकन तथा प्रभावकारी भए-नभएको हेर्नको लागि पनि अनुगमन समिति बनाइएको छ। यस्ता कार्यक्रमहरु ग्रामीण भेगमा सञ्चालन हुँदा आफुहरुमा गाउँमानै रोजगारीको सिर्जना भएकोले आफुहरु केही महिना भएपनि गाउँको बिकासमा लागेको कार्यक्रममा सहभागीता जनाउदै आउनु भएकाको भनाइ रहेको छ । कार्यक्रममा वैदेशिक रोजारबाट नेपाल फर्किएका युवा बर्ग हरुको पनि उत्तिकै सहभागीता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार