बेद बेदाङ्ग संस्कृत तथा साधारण माध्यमिक बिद्यालयमा “उपभोक्ता जागरण ” कार्यक्रम सम्पन्न

19
SHARES
156
VIEWS

चुरामणी तिमिल्सिना
फागुन -२३। घरेलु तथा साना उद्योग कार्यलय तानसेन पाल्पाको आयोजना र प्रशिक्षक सुबास पोखरेलको समन्वयमा रैनादेबीछहरा गाउँपालिका १ सिद्देश्वर पाल्पाको बेद बेदाङ्ग संस्कृत तथा साधारण माध्यमिक बिद्यालयमा “उपभोक्ता जागरण ” कार्यक्रम सम्पन्न भएको छ ।

जागरण कार्यक्रमको अध्यक्षता बिद्यालयका प्रधानाध्यापक भरतराज खनाल गर्नु भएको थियो। कार्यक्रममा शिक्षक माधब ज्ञवाली ,सीता कुमालले आ-आफ्नो तर्फबाट बिद्यालयमा जंक फुडको प्रयोग नभएको र आगामी दिनमा पनि सो कार्य नहुने बताउनु भएको थियो ।

प्रधानाध्यापक खनालले दिवा खाजाको राम्रो व्यवस्थापन भएको बताउनु भयो । कार्यक्रममा प्रशिक्षण सहित सञ्चालन सुबास पोखरेलले गर्नु भयको थियो । कार्यक्रमबाट विद्यार्थीहरुले धेरै कुराको ज्ञान प्राप्त भएको जानकारी गराएका थिए। । यस्तै कार्यक्रम केही दिन अघि रैनादेबी माध्यमिक बिद्यालयमा पनि सोही धारको कार्यक्रम सप्पन्न गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार