चुरामणी तिमिल्सिना
फागुन -२३।गुल्मीको सत्यबति गाउँपालिका वडा नम्बर ६ जोहाङ खैरेनिमा लघु उद्यम बिकास सम्बन्धि ८ दिने तालिमको औपचारिक रुपमा सुरु गरिएको छ। वडा नम्बर ६ का वडा अध्यक्ष बिष्णु प्रसाद भण्डारीले ब्यानर अनाबरण गर्दै कार्यक्रमको उद्घाटन गर्नु भएको हो । नेपाल सरकार उद्योग तथा आपुर्ति मन्त्रालयको आर्थिक सहयोग र सत्यवती गाउँपालिकाको आयोजना र व्यवस्थापन्मा कार्यक्रमको आयोजना गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत झविस्वर रेग्मीले जानकारी दिनु भयो ।
तालिममा महिला पुरुष गरि २० जनाको सहभागीता रहेको वडा अध्यक्ष भण्डारीले बताउनु भयो । चैत्र १ सम्म सन्चालन हुने तालिममा सिलाइ कटाइ, तरकारी खेति , बेकरिज निर्माण , हाउस वाइरिइ सम्बन्धि प्रशिक्षण गराइने तालिमका सहजकर्ता भुपेन्द्र बहादुर बोहरा र निर्जला पुन मगरले बताउनुभयो । तालिम उद्घाटन सत्रमा वडा नम्बर ६ का जनप्रतिनिधिहरु ,सामाजिक अभियानताहरु , शिक्षा प्रेमि लगायतको सहभागीता रहेको थियो ।
Discussion about this post