चुरामणि तिमिल्सिना
फागुन -२४। पाल्पाको रिब्दिकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा फागुन १० गते देखि सुरु भएको राष्ट्रिय परिचय बनाउनको लागि आवेदन दिनेको सङ्ख्या आज सम्म ८८३ जना पुगेको छ। आइरबार सम्म वडा नम्बर १ को वडा कार्यालयमा शिविर बसेको र आज देखि साविकको वडा नम्बर २ र ३ जोगिथुममा सेवा सुरु गरिएको वडा न १ का वडा अध्यक्ष बिष्णु प्रसाद गैरेले जानकारी दिनु भयो । जोगिथुम क्षेत्र दुरिको हिसाबले टाढा हुने भएकोले गाउँबासिको मागलाई पुरा गर्न आफुहरुले शिवीर टोलि सङग आग्रह गरेर शिविर त्यहाँ सम्म लगेको अध्यक्ष गैरेले बताउनु भयो । यता शिविरका प्रमुख वडा सचिब शिव चालिसेले ख्याहाबासिहरु परिचय पत्र निर्माणका लागि आवेदन दिन उत्साहका साथ आउने गरेको बताउनु भयो। यो शिविर २५ गते सम्म चल्ने जानकारीमा आएको छ।
Discussion about this post