चिरञ्जीवी ज्ञवाली,फागुन-२५ गुल्मी।
१११ औ अन्तराष्ट्रीय नारी दिवसको दिन रुरु मिलन केन्द्र नेपाल को प्रथम साधारण सभा, निर्वाचन साथै बन भोज कार्यक्रम सभ्य र भब्य रुपमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष जमुना सुबेदीको अध्यक्षता र रुरु क्षेत्रमा शिक्षाको ज्योति छर्नु भएका आदरणीय गुरु तिलकराम आचार्य ज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा विशिष्ठ अथिति शिद्धबाबा मन्दिर धामका अध्यक्ष तथा बौध्दिक ब्यक्तित्व दलबहादुर गुरुङ्ग, यातायात ब्यवसायी संघका भिष्म के सी, अग्रज दिज्जु लक्ष्मी अमात्य, संस्थाका प्रेस सल्लाहकार कपिल ज्ञवाली, वरिष्ठ सल्लाहकार ऋषि भण्डारी, सस्थापक तथा निवर्तमान अध्यक्ष राधा ज्ञवाली लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
संस्थाका सदस्य कल्पना जोशीको सम्योजनमा भएको कार्यक्रम सन्चालन सचिब अनुपमा श्रेष्ठ्ले गर्नु भएको थियो। उक्त कार्यक्रममा रेडियो मुक्तिका स्टेसन म्यानेजर कल्पना तिवारी, समाचार प्रमुख अस्मिना पाण्डे, संस्थाका सल्लाहकार कृष्ण प्रसाद पौडेल, दामोदर ज्ञवाली, सन्जिला कसजु, हिमाल श्रेष्ठ, शान्ति बराल् र शुभचिन्तक राजु पौडेल लगायत रुरु प्रति प्रेम भाव भैइ आत्मियता बृद्दि गर्ने उधेश्यले उपस्थित सम्पुर्णको महानुभावहरुको उत्साह पुर्वक उपस्थितिले कार्यक्रम सफल भएको महसुस सस्थाकी अध्यक्ष जमुना सुवेदी ले जानकारी दिनु भएको छ ।
Discussion about this post