भट्टराई दम्पतीद्वरा श्री जनहित माविलाई नगद तथा जिन्सी सहयोग प्रदान

12
SHARES
102
VIEWS

फागुन -२५
प्रायः गरि आफू जन्मेको ठाउँमा बसेर केही गर्ने रहर सवैलाई हुन्छ। तर समय र परिस्थितिले आफ्नो जन्म स्थानको न्यानो काखलाई छोडेर जानुपर्ने अवस्था धेरैको जीवनमा आउने गर्द छ। जन्मस्थान छोडेर अन्यत्र बस्नु पर्ने वा जानुपर्ने अवस्था आए पनि आफ्नो गाउँठाउँको विकास र समृद्धिको चाहनालाई भने छोड्न नसकिने रहेछ । आफ्नो गाउँ अर्थात् जन्म स्थानलाई औधी माया गर्नेहरु मध्ये कालीगण्डकी गाउँपालिक वडा नम्बर १ वर्तुङ फेदी घर भइ हाल पोखरा महानगरपालिका वडा नम्बर ७ निवासी श्री भिम भट्टराई र श्रीमती इन्द्रा भट्टराईद्वारा श्री जनहित माविका लागि एक थान फाइल राख्ने दराज प्रदान गरिएको छ।

भट्टराई दम्पतीले स्व. पिता घन्सिराम भट्टराई , आमा ऋषि श्वारा भट्टराई , लक्ष्मी भट्टराई तथा ज्ञान प्रसाद भट्टराईको पुण्य स्मृतिमा उक्त फाइल राख्ने दराज प्रदान गर्नु भएको हो। साथै श्री जनहित माविमा अध्ययनरत गरिब तथा जेहेन्दार बालबालिकाका लागि अक्ष्ायकोषमा रु ५ हजार ५ सय ५५ गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।

भट्टराई दम्पतीद्वारा आफ्नो विद्यालयलाई गरिएको सहयोग प्रती आभार व्यक्त गर्दै श्री जनहित माविका प्रअ केशर बहादुर क्षेत्रीले बिद्यालयमा उहाँले कम्प्युटर कक्षा सञ्चालनमा समेत सहयोग गर्नुभएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार