कालीगण्डकीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड अन्तर बिद्यालय छात्रा भलिबल प्रतियोगिता सञ्चालन

12
SHARES
104
VIEWS

यम सोमै
फागुन -२८। स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड अन्तर बिद्यालय छात्रा भलिबल प्रतियोगिता सञ्चालन भएको छ। पुरुष भलिबल प्रतियोगिताहरु पर्याप्त मात्रामा आयोजना गरिदै आएको भए पनि स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा २०७५ साल देखि गाउँपालिकाको तर्फबाट औपचारिक रुपमा छात्रा भलिबल प्रतियोगिताको आयोजना सुरु भएको हो। गत वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण प्रतियोगिता आयोजना गरिएको थिएन।

आज एक कार्यक्रमका बिच सुरु भएको खेल पालिकाको श्री जनता आधारभूत बिद्यालयको प्राङ्गणमा सुरु भएको हो। प्रतियोगितामा पालिकाका भित्रका १२ वटा बिद्यालयहरुले सहभागिता जनाएको कालीगण्डकी गाउँपालिकाका शिक्षा शाखाका प्रमुख भिम श्रेष्ठले जानकारी दिनु भयो। आजको उद्घाटन सत्रमा ५ वटा समूह बिच खेल भएको जानकारी दिदै श्रेष्ठले भोलि फाइनल खेल तथा समापन कार्यक्रममा भैतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेत प्रमुख अतिथिको रुपमा रहने श्रेष्ठलेले जानकारी दिनु भयो।

प्रतियोगितामा प्रथम पुरस्कार शिल्ड , नगद रु १५,००० , द्वितीय पुरस्कार रु नगद रु १०,०००, तृतीय पुरस्कार रु ५,००० र सान्त्वना पुरस्कार रु २,००० राशी रहेको छ।

कालीगण्डकी गाउँपालिकाले अन्तर बिद्यालय छात्रा भलिबल प्रतियोगिताको आयोजना गरेर महिलाहरुलाई पनि खेलकुदका क्षेत्रमा लाग्न प्रेरित गरेको र यस बाट दक्ष महिला खेलाडी उत्पादनमा सहयोग पुग्न सक्ने श्री ध्रुबज्योति माविका प्रअ हिरा बहादुर गाहा मगरले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार