फागुन २९
पाल्पामा अवैध भरुवा बन्दुक सहित एक जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा बगनासकाली गाउँपालिका वडा नम्बर ४ बस्ने महछापका २१ वर्षका प्रेम बहादुर कनौजे रहेका छन् ।
गत २७ गते कनौजेको घरमा भरुवा बन्दुक अवैध रुपमा लुकाइ छिपाइ राखेको प्राप्त सूचनाका आधारमा प्रहरीले उनको घर खानतलासी गरेको थियो। खानतलासीका क्रममा एक नाले भरुवा बन्दुक १ थान र निर्माण गर्दै गरेको १ थान भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी एवम् प्रबक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनु भयो।
कनौजेलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ।
Discussion about this post