पहिलो पाइला नेपाल तानसेन शाखाद्वारा ४२ वटा झोला वितरण

17
SHARES
139
VIEWS

फागुन -२९
चुरामणि तिमिल्सिना । पहिलो पाइला नेपाल तानसेन पाल्पा शाखाको आयोजनामा रैनादेबी छहरा गाउँपालिका वडा नम्बर ३ छचुवामा अवस्थित श्री बाल कल्याण आधारभूत बिद्यालयका ४२ जना विद्यार्थीहरुलाई भाग्य बोक्ने झोला वितरण गरिएको छ।

संस्थाका अध्यक्ष लेख बहादुर कुँवरको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथी रैनादेबी छहरा गाउँपालिकाका अध्यक्ष राम बहादुर कार्की रहनु भएको थियो । यस्तै विशिष्ट अतिथीमा समाजसेवी विशाल दर्लामी, रुकमाङत भट्टराई , हरिलाल पोखरेल रहनु भएको थियो । यस्तै अतिथीहरुमा निवर्तमान अध्यक्ष ईश्वर ज्ञवाली र निवर्तमान सचिव दिपक पाण्डे , बिद्यालयका प्रधानाध्यापक खिम बहादुर कुमाल , जोगवानी माध्यमिक बिद्यालयका प्रधानाध्यापक कर्ण बहादुर कुमाल लगायत रहनु भयएको थियो ।

संस्थाका उपाध्यक्ष कृष्ण राउतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।कार्यक्रममा प्रमुख अतिथी पालिका अध्यक्ष कार्कीले पहिलो पाइला नेपाल तानसेन पाल्पा शाखाले गरेका हरेक गतिविधि समाजमुखी , शिक्षामुखी र सामाजमा प्रभाव परेकाले सारै खुसी लागेको बताउदै संस्थाका हरेक गतिविधिमा अवका कार्यक्रममा आफुले समेत सहयोग प्रदान गर्ने बताउनु भयो।

यसै कार्यक्रमको अवसर पारेर । संस्थाका निवर्तमान अध्यक्ष ईश्वर ज्ञवाली र सचिव दिपक पाण्डेयलाई सम्मान समेत गरेको छ । यस्तै बिद्यालयले कार्यक्रम संयोजक तथा संस्थाका सचिव सुबास पोखरेलले बिद्यालयको लागि उक्त कार्यक्रमको लागि खेलेको भुमिकाको उच्च मूल्याकंन गर्दै सम्मान गरेको थियो। कार्यक्रमको सञ्चालन सचिव तथा कार्यक्रम संयोजक सुबास पोखरेलले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार