पाल्पाको पिपलडाँडा आधारभूत विद्यालयमा नवनिर्मित भवनको उद्घाटन

13
SHARES
110
VIEWS

चुरामणि तिमिल्सिना
चैत -३। पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर ८ फेक स्थित रहेको पिपलडाँडा आधारभूत बिद्यालयमा नव निर्मित ३ कोठे भवनको एक औपचारिक कार्यक्रमका साथ उद्घाटन गरिएको हो । जापनबाट आएर नेपालमा ग्रामीण भेगका सामाजिक संघ सस्थाहरुमा सहयोग प्रदान गर्दै आउनुभएका समाजसेवी काजुमासा ओके बाजेको समन्वयमा जापानी ओकदा मासाले आफ्ना श्रीमानको सम्झना गर्दै भवन निर्माणको लागि आर्थिक सहयोग प्रदान गर्नुभएको हो। रिब्दीकोट गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष नारायण लाम्टाङगे र कार्यक्रमका सभापति बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेयर सिङ दङ्गालले रिबन काटेर उद्घाटन गर्नु भएको थियो। रु १६ लाख रुपियाँको लगानीमा निर्माण भएको भवनकालागि ओकदाको तर्फबाट १० लाख, पालिकाको १ लाख, वडा नम्बर ८ को १ लाख ,र स्थानिय जनश्रमदानबाट ४ लाख गरि कुल १६ लाख लगानीमा भवन निर्माण गरिएको प्रधानाध्यापक ओम बहादुर थापाले जानकारी दिनु भयो। कार्यक्रममा नेपाली कङ्ग्रेस पालिकाका सभापति रामचन्द्र पाण्डे, पालिकाका सदस्य चक्र बहादुर थापा , स्थानिय सामाजिक अभियानताहरु , समाजसेवी बर्गहरुको बाक्लो सहभागीता रहेको थियो कार्यक्रमको सञ्चालन शिक्षक चित्र बहादुर बगालेले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार