चुरामणि तिमिल्सिना
चैत -३ गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा ३ थोर्गा फेक्लदी थानपतिका कृषक लेखनाथ गौतमले झन्डै २० बर्ष देखि कृषि पेशाबाट राम्रो आम्दानी गर्दै आउनु भएको छ । गौतमले आज भन्दा १५ बर्ष अगाडि विदेश जान राहादानी बनाउनु भयो तर राहादानिलाई प्रयोग नगरि आफ्नै बारीमा केही गरेर भएपनि आगाडि बढ्ने सोच राखेर अगाडी बढ्नु भयो गौतम ।
उनको मेहनतले १ छोरा सुधन गौतम सिभिल ओभरसियर र १ छोरी पबित्रा गौतमले कृषि-प्राबिधिक शिक्षा आर्जन गरिरहेका छन् । गौतम परिवारमा सानै देखि परिश्रमी तथा शिक्षित परिवार भएको हुनाले कृषि पेशा अगालेको गौतमकि धर्मपत्नी पुष्पा गौतमले जानकारी दिनु भयो ।
झन्डै यो परिवारले कृषि व्यावसायबाट वार्षिकरुपमा ८ लाख भन्दा माथि आम्दानि गर्दै आएको लेखनाथले जानकारी दिनु भयो। तरकारी उत्पादन गर्न kubk नामक संस्थाले पोखरी निर्माण कार्यका लागि गौतम परिवारलाई समेत गरेको छ। खास गरि बन्दा ,काउलि टमाटर, कागति , सिमि लगायतका हरिया तरकारीबाट आम्दानी हुने गरेको गौतमकी छोरी पबित्राले बताउनु भयो । अहिले बारीमा झन्डै १६० कागतिका बोटहरु लगाइएका छन् । धेरै जसो बोटबाट आम्दानी पनि लिइरहेको गौतमले बताउनु भयो । हुनत गौतमले पालिकामा प्रवेश गर्न भन्दापूर्व पैचो पसल प्रालिमा जागिर गर्नु भएको थियो। जागिरले आफुलाई कृषि गर्ने सबै तरिकाका विषयमा थप हौसला मिल्यो यति मात्र हैन पबित्राले यस सम्बन्धि अध्ययन गरेपछी रोग-किरा तथा विभिन्न प्रकारका समस्या समाधान गर्न सहज भएको पबित्राकि आमा पुष्पा गौतमले बताउनु भयो ।
लेखनाथले आम्दानीलाइ वृद्धि गर्न उखु , फलफुल पनि लगाउदै आउनु भएको छ । आफुले मात्र काम गर्न नसकेपछी केही स्थानियलाइ पनि रोजगार दिदै आउनु भएको छ । कृषि पेशामा समस्या पनि होलान नि भनेर लेखनाथलाई जिज्ञासा राख्दा उहाँले भन्नु भयो उत्पादन गर्न राम्रो बिउ बिजन नपाउनु , बजारिकरणको समस्या र मेहनत अनुसारको आम्दानी नहुने बताउनु भयो ।
हाल आम्दानीमा वृद्धि हुँदै जादा गौतम परिवारलाई विभिन्न संघ-सस्थाले सम्मान समेत गरेका छन् ।
Discussion about this post