सगरमाथा साहित्य प्रतिष्ठान नेपालको प्रदेश नम्बर-६ शाखा गठन

20
SHARES
170
VIEWS

सुर्खेत -चैत -३
सगरमाथा साहित्य प्रतिष्ठान नेपालको प्रदेश नम्बर-६ शाखाको गठन भएको छ । हिजो सोमबार भएको भर्चुअल बैठकले कार्यसमिति चयन गरेको हो ।

शाखाका अध्यक्षमा चिन्तन नेपाल र उपाध्यक्षमा सुवास सिंह ठकुरी चयन भएका छन् । यस्तै सचिवमा देब सजन सुनार, सह-सचिवमा सुरज वली, कोषाध्यक्षमा जनक चन्द ऋतु र सह कोषाध्यक्ष- धुर्ब सँज्याल चयन भएका हुन् यस्तै शाखाको कार्यसमियी सदस्यहरुमा सरोजश्री सेन्चुरी, रमा नेपाली, बाबुराम भट्टराई, श्यामल थापा मधु, कल्पना कठायत, नूर पाण्डे, सोनु खड्का र अनमोल शर्मा रहेका छन् ।

शाखा संयोजक चिन्तन नेपालको अध्यक्षतामा बसेको बैठकमा सगरमाथा साहित्य प्रतिष्ठानका केन्द्रीय संरक्षक समर चेम्जोङ आभास, अध्यक्ष जीवित खड्का मगर, प्रचारप्रसार विभाग प्रमुख अजित क्षेत्री, केन्द्रिय सदस्य सुमित्रा सुमी, देब सजन सुनार, ज्योत्सना श्रेष्ठ, सुवास सिहं ठकुरी, जनक चन्द ऋतु, धुर्ब सँज्याल, बाबुराम भट्टराई बाबु लगायतको उपस्थिति थियो ।

विविध थुप्रै विषयमा छलफल गरिए पनि समिति गठनको कार्यलाई मुख्य प्राथमिकतामा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार