चुरामणि तिमिल्सिना
चैत -४।गुल्मीको सत्यवति गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट २५३ जनाले १०० दिनका लागि रोजगारी पाएका छन्। पालिकाकाले आठ वटा वडाहरुमा नै यो कार्यक्रम एकै साथ सुरु गरेको हो।

एक दिनको रोजगारी गरेपापबत ५१७ रुपिया प्राप्त गर्ने छन। यो कार्यक्रममा बाटो बनाउने, कुलो खन्ने , नालि बनाउने पैदल मार्ग निर्माण , खेल मैदान , पर्यटन पूर्वाधार, मठमन्दिरहरुको सरफाइ लगायतका कामहरु भैरहेको पालिकाका उपाध्यक्ष सुवर्ण सेर्चन शेरचन शाहीले बताउनुभयो ।

यता पालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिस्वर रेग्मीले कामदारहरुले काम गरे-नगरेको अनुगमन गर्न पालिकका अध्यक्ष पारिस्वर ढकालको संयोजनमा स्थानिय निर्देशन समिति गठन गरिएको छ। समितिको अगुवाइमा आफुहरुले दैनिक कामको मुल्यांकन कार्यलय समय पश्चात् समयमा पनि निरन्तर गरिरहेको बताउनु भयो ढकालले बताउनु भयो।

रोजगारीका लागि प्रायजसो वैदेशिक रोजगारीबाट फर्केका युवा बर्गहरुको पनि उच्च सहभागीता रहेको छ। यता युवाहरुले आफ्नै गाउँपालिकामा आफ्नै क्षेत्रको विकास गर्न पाउदा गाउँको मुहार फेरिनुका साथै आम्दानी पनि गर्न पाउदा खुसि व्यक्त गरेका छन् ।
यस कार्यक्रमको लागि १ करोड ३० लाख ७८ हजार ९सय सतासि रुपैयाको बजेट खर्च गरिने अधिकृत झबिस्वर रेग्मिले जानकारी दिनु भयो ।
Discussion about this post