चैत -४ स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ मा आज एक कार्यक्रमका बिच २०७७ सालमा बाढी पहिरोबाट पीडित परिवारलाई गाउँपालिकाले आर्थिक सहयोग रकम प्रदान गरेको छ।
कालीगण्डकी गाउँपालिकाको वडा नम्बर ६ मा १० वटा घरहरूमा आंशिकरुपले बाढी पहिरोले क्षति पुर्याएको थियो। बाढी पहिरो प्रभावित १० वटा घरधुरीहरु मध्ये २ वटा प्रभावित परिवारलाई जनही रु १५, ००० र अन्य परिवारलाई रु १०,००० का दरले राहत वितरण गरिएको वडा नम्बर ६ का वडा अध्यक्ष लिलाबल्लभ अधिकारीले जानकारी दिनु भयो। मित्रलाल बिक र लाल बहादुर सुनारको घरमा तुलनात्मकरुपमा बढी क्षति पुगेकोले उनिहरुलाई जनही १५ हजारका दरले आर्थिक राहत रकम वितरण गरिएको वडा अध्यक्ष अधिकारीले जानकारी दिनु भयो।
आज प्रभावित हरु मध्ये ८ घरधुरीलाई राहत रकम हस्तान्तरण गरिएको हो। पालिका द्वारा प्रदान गरिएको रकमले पीडित परिवारलाई राहत पुगेको र आपत विपत परेको बेला गाउँपालिका रहेको आभास भएको छ।
राहत रकम वितरण कार्यक्रममा कालीगण्डकी गाउँपालिका अध्यक्ष खिम बहादुर थापा मगर , वडा नम्बर ६ का वडा अध्यक्ष लिलाबल्ल्भ अधिकारी , वडा सचिव कुलप्रसाद भट्टराई , कम्प्युटर अपरेटर डोल राज बस्याल र पशु सेवा प्राविधिक छवि भट्टराईको उपस्थिति रहेको थियो ।
Discussion about this post