पाल्पाको अर्गलीमा सीपमुलक अचार बनाउने तालिम सुरु

15
SHARES
125
VIEWS

चुरामणि तिमिल्सिना
चैत -६। “सिप सिकाउ, आत्मनिर्भर बनाउ” भन्ने मूल नाराका साथ पाल्पाको अर्गलीमा ४ दिने सिपमुलक अचार बनाउने तालिमको औपचारिक कार्यक्रमका साथ उद्घाटन गरिएको छ । नेपाल आदिबासी जनजाति महासंघ तानसेन नगरपालिका वडा नम्बर १४ अर्गली पाल्पाको आयोजनामा उक्त संचाललन गरिएको हो।

कार्यक्रमको वडा नम्बर १४ का वडा अध्यक्ष कमल रानाले ब्यानर अनावरण तथा दिप प्रजलन गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि अध्यक्ष रानाले यस क्षेत्रमा पहिलो पटक यो अचार बनाउने तालिम संचालन भएकोले तालिम पछी सहभागी सबैलाई आफ्नो सिप र जागरलाई बजारीकरण गर्न आग्रह गर्दै आफ्नो आम्दानीमा समेत वृद्धि गर्न आग्रह गर्नु भयो । नेपाल आदिवासी जनजाती गाउँ समन्वय उपाध्यक्ष सुमित्रा रानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यकममा विशिष्ट अतिथिहरु वडा सदस्य बिष्णु रेग्मी, रमेश न्यौपाने , सिता ज्ञवाली , नेकपा एमालेका सोभाखर भट्टराई , नेपाली काङ्ग्रेसका दधिराम न्यौपाने रहनु भएको थियो । यस्तै अतिथिहरुमा प्रहरी चौकी अर्गली पाल्पाका कार्यलय प्रमुख धर्म बहादुर थापा , महिला उत्थान समन्वय समिति अर्गलीकि अध्यक्ष सरस्वती गैरे, मगर संघ अर्गलीका अध्यक्ष सन्कर ढेगा, जनजातिका पुर्ब अध्यक्ष कमल बहादुर राना अतिथि रहनु भएको थियो।

संस्थाका अध्यक्ष निमबहादुर रानाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा तालिम अवधिभर पार्वती गिरीले प्रशिक्षण दिने कार्यक्रम रहेको छ। आजको उक्त कार्यक्रमको सञ्चालन सचिव कृष्ण थापाले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार