स्याङ्जा साहित्य प्रतिष्ठानद्वारा सम्मान तथा रचना वाचन कायक्रम सम्पन्न

14
SHARES
118
VIEWS

युवराज पौडेल
चैत -६।स्याङ्जा साहित्य प्रतिष्ठानको आयोजनामा तथा त्रिभुवन बहुमुखी क्याम्पसको सहजीकरणमा स्याङ्जामा सम्मान तथा रचना वाचनसहितको साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा देशभरका विभिन्न ठाउँहरूबाट प्राज्ञिक तथा साहित्यिक व्यक्तित्वहरुको उल्लेख्य सहभागिता भएको छ । कार्यक्रममा पृथ्वीनारायण बहुमुखी क्याम्पसका सहप्राध्यापक .डा. विष्णुप्रसाद पौडेल, पूर्व मन्त्री तथा बौद्धिक व्यक्तित्व दिनबन्धु अर्याल, लोकसाहित्यका अनुसन्धाता तथा सर्जक प्रा.डा.मोतीलाल पराजुली, प्रा.डा.हिरण्यराज ज्ञवाली, प्रा.डा.यमबहादुर पौडेल, प्रा.डा. शंकर गैह््रे, सहप्राध्यापक डा.नेत्रप्रसाद न्यौपाने, उपप्राध्यापक टंकप्रसाद पन्थ, सहप्राध्यापक अम्बिका प्रसाद भट्टराई, प्रा. हुमकान्त पाण्डे, डा.भूमिराज बस्ताकोटी, उपप्राध्यापक सुरज पौडेल, वातावरणविद् मित्र पाण्डे, त्रिभुवन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बाबुकुमार सिग्देल, वरिष्ठ अधिवक्ता तुलसी गिरी, गुप्त बहादुर श्रेष्ठ, मुक्ति प्रसाद घर्ती, रामबन्धु रेग्मी, कृष्णमान श्रेष्ठ, गोबर्धन श्रेष्ठ, टीकाराम बाग्ले, त्रिभुवन बहुमुखी क्याम्पसका स्ववियु सभापति सुनिल चापागाईँ लगायतका प्राज्ञिक तथा साहित्यिक व्यक्तित्वहरुको सहभागिता थियो ।

दुई दिने कार्यक्रमको पहिलो दिन नेपाली भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा अविस्मरणीय योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । यानीति साहित्य पुरस्कारबाट सहप्राध्यापक डा.नेत्रप्रसाद न्यौपाने, कालीगण्डकी कला साहित्य पुरस्कारबाट प्रा.डा. मोतीलाल पराजुली, आमा सुमित्रा गिरी साहित्य पुरस्कारबाट उपप्राध्यापक टंकप्रसाद पन्थ सम्मानित भएका हुनुभएको थियो ।

सम्मानित व्यक्तित्वहरु प्रा.डा.मोतीलाल पराजुलीले लोकसाहित्यको अध्ययन र अनुसन्धानको क्षेत्रमा लामो समयदेखि महत्वपूर्ण योगदान पु¥याउनुभएको छ भने उपप्राध्यापक टंक प्रसाद पन्थले साहित्यका विविध क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएको छ । त्यस्तै कार्यक्रममा नेपालको वातावरण र पर्यावरणको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै युवा वातावरणविद् मित्र पाण्डेलाई पनि सम्मान गरिएको छ ।

सो कार्यक्रममा साहित्यकार तथा शैक्षिक व्यक्तित्व त्रिभुवन शर्माको ‘फूलपाती’ र मुक्तिप्रसाद घर्तीको ‘अतीतको सम्झना’ नामक कृतिको विमोचन गरिएको थियो भने विभिन्न कवि सर्जकहरुले रचना वाचन गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.विष्णुप्रसाद पौडेलले साहित्यलाई संख्यात्मकभन्दा पनि गुणात्मक ढङ्गले उठाउनुपर्ने धारणा राख्दै नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय उचाइमा पु¥याउन धेरै काम गर्न बाँकी रहेको धारणा राख्नुभयो ।

प्रा.डा.मोतीलाल पराजुलीले आफूले लोक साहित्यको अनुसन्धान सुरु गर्दा निकै कठिन यात्रा गर्नुपरेको भए तापनि आज लोकसाहित्यमा बिस वटा भन्दा बढी विद्यावारिधि तहका अनुसन्धान सम्पन्न भइसकेको र बाटो धेरै सुगम बनिसकेकोमा आफूलाई गौरवबोध भएको धारणा व्यक्त गर्नुभयो ।

प्रा. हुमाकान्त पाण्डेले वास्तविक साहित्यलाई चिनेर त्यसको मर्म अनुसार स्रष्टाहरू अगाडि बढ्न सक्नुपर्ने धारणा राख्दै पूर्वीय दर्शन र साहित्यका मान्यताहरूमाथि चर्चा गर्नुभयो । स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार विश्वप्रेम अधिकारीले आफूहरुले विद्यार्थी कालमा बनारसमै छँदाबाट साहित्यक सिर्जनाको प्रयास गरेर आजसम्म त्यसैमा जीवन समर्पण गरेको धारणा राख्दै स्याङ्जाको साहित्यलाई उठाउन स्याङ्जा साहित्य प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेले नखेलेको विषयलाई इतिहासले मूल्याङ्कन गर्ने धारणा व्यक्त गर्नुभयो।

त्रिभुवन आदर्श बहुमुखी क्याम्पस मालेबगरमा भएको सञ्चालित उक्त कार्यक्रमको सभापतित्व स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार विश्वप्रेम अधिकारीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन स्याङ्जा साहित्य प्रतिष्ठानका कोषाध्यक्ष युवा साहित्यकार रवीन केसीले गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका सचिव बाबुकुमार सिग्देलले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार