सत्यवतीमा अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

15
SHARES
129
VIEWS

चुरामणि तिमिल्सिना
चैत -७ ।सत्यवती गाउँपालिका गुल्मीमा अन्तर माध्यमिक बिद्यालय हाजिरी जवाफ प्रतियोगिता २०७७ सम्पन्न भएको छ ।

पालिका भित्रका १३ वटा बिद्यालयहरुको सहभागीत रहेको प्रतियोगितातामा सत्यवती मावि सत्यवती ५ हंसराले प्रथम स्थान हासिल गर्न सफल भएको थियो।

यस्तै गरि सरस्वति माध्यमिक बिद्यालय जोहाङ द्वितीय र एकसिङ माध्यमिक बिद्यालयले तृतीय स्थान हासिल गर्न सफल भएका थिए।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत झविस्वर रेग्मीको अध्यक्षता रहेको कार्यक्रममा पालिकाका अध्यक्ष पारिस्वर ढकाल प्रमुख अतिथि रहनु भएको थियो।

यस्तै कार्यक्रममा सबै वडाका जन्प्रतिनिधि , कार्यपालिकाका पधाधिकारिहरु , विभिन्न बिद्यालयका प्रधानाध्यापकहरु , पालिकाका कर्मचारी, नेपाल शिक्षक महासङ्घ, नेपाल राष्ट्रीय शिक्षक सङ्गठन, नेपाल शिक्षक संघका प्रतिनिधिहरुको आथित्यता रहेको थियो ।

प्रतियोगिताको अवसर पारेर कोरना भाइरसको समयमा सञ्चार माध्यमबाट शिक्षण गराउनु हुने शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो ।

समापन सत्रमा पुरस्कर वितरण गर्दै प्रमुख अतिथि अध्यक्ष ढकालले बिद्यार्थीहरुलाई कोरा शिक्षामा भन्दा अभ्यास गरेर अगाडी बढाउन आग्रह गर्दै आगामी बर्षहरुमा पनि यस्तै रचनात्मक क्रियाकलापमा पालिकले सबै सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार