युएनडिपीद्धारा कृषि औजार तथा अन्य सामग्री हस्तान्तरण

16
SHARES
133
VIEWS

वालिङ,०७ चैत्र
संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) ले कृषि औजार सहितका सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
युएनडिपीका गण्डकी र लुम्विनी प्रदेश प्रमुख सुदिप अर्यालले वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँण र दियालो संस्थाका अध्यक्ष कविता तिवारीलाई बिभिन्न सामाग्रीहरु हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख दिलिप प्रताप खाँणले कोभिड १९ (कोरोना भाइरस)का कारण बेरोजगार बन्न पुगेकाहरुलाइ कृषि तथा पशुपालन मार्फत आत्मनिर्भर बनाउदै सफल उद्यमी बनाउने नगरको योजना रहेको बताउनु भयो । उत्पादन बढाउनको लागि नयाँ नयाँ प्रविधिको प्रयोग अपरिहार्य रहेको भन्दै नगर प्रमुख खाँणले सहकार्य र सहयोगका लागि युएनडिपी नेपाललाई धन्यवाद दिनु भयो ।

युएनडिपी बाट प्राप्त भएका डिप फ्रिज, मिनि थ्रेसर, मिल्क एनालाईजर, वेडर, अटोमेटिक र म्यानुअल मकै छोडाउने मेसिन लगायतका सामाग्रीहरु छनौट भएका कृषक तथा उद्यमीहरुलाई प्रदान गरिने दियालो संस्थाका अध्यक्ष कविता तिवारीले जानकरी दिनुभयो ।
कृषिलाई ब्यवस्थीत, उत्पादनमुखी र आयमुलक बनाउने उद्धेश्यले वालिङमा बिभिन्न कार्यक्रम संचालन हुँदै आएको अध्यक्ष तिवारीले बताउनु भयो ।

वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत युएनडिपीले कृषि औजार तथा अन्य सामाग्री उपलव्ध गराएको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार