रुरुक्षेत्र गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

12
SHARES
104
VIEWS

चुरामणि तिमिल्सिना
चैत ७। रुरुक्षेत्र गाउँपालिका गुल्मी चैत्र ५ गतेदेखि सञ्चालन भएको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज सम्पन्न भएको छ ।

पालिका भित्रका ११ वटा बिद्यालयको सहभागीता रहेको प्रतियोगितामा जनबोध माविले प्रथम स्थान हासिल गरेको हो। यस्तै राष्ट्रिय मावि द्वितीय र संस्कृत तथा साधरण माविले तृतीय स्थान हासिल गरेको हो।

आजको समापन शत्रमा पालिकाका सामाजिक विकास समितिका संयोजक तथा रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष शेष नारायण पौडेलको अध्यक्षता रहेको थियो।

पालिकाका अध्यक्ष निलकण्ठ गौतम कार्यक्रममा प्रमुख अतिथि रहनु भएको थियोे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले हरेक बिद्यालयमा सबै प्रकारका खेलकुद गतिविधि सञ्चालन गर्न सकेमा विद्यार्थीहरुको खेलकुदको क्षेत्रमा उल्लेख सहभागी हुने तथा खेल जगतको बिकास हुनेमा जोड दिनु भयो ।

समारोहमा वडा नम्बर ५ का वडा अध्यक्ष हरी प्रसाद ज्ञवाली , सामाजिक अभियानता नारायण प्रसाद ज्ञवाली विशिष्ट अतिथि रहनु भएको थियो। कार्यक्रममा विभिन्न बिद्यालयका प्रधानाध्यापकहरु , स्वास्थ कर्मचारी , पत्रकार सुरुक्षा निकाय लगायतको सहभागीता रहेको थियो।

कार्यक्रममा खेल अवधिभर सहयोग पुर्याउने खेल प्रेमि तथा संघ संस्थाहरुलाई नगद पुरस्कार समेत प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन पालिकाका शिक्षा अधिकृत राम प्रसाद अधिकारीले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार