पाल्पामा ३ थान भरुवा बन्दुक सहित एक जना पक्राउ

21
SHARES
172
VIEWS

चैत -८
पाल्पामा प्रहरीले अवैध भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको बगनासकाली गाउँपालिका वडा नम्बर ३ बस्ने ५८ वर्षका हिरा बहादुर सारु मगर रहेका छन् ।

सारुको घरमा लुकाएर भरुवा बन्दुक राखेको गोप्य सूचनाका आधारमा निजको घरमा खानतलासी गर्ने क्रममा १ नाले भरुवा बन्दुक ३ थान फेला परेको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनु भयो।

सारु मगरलाई नियन्त्रणना लिएर थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार