चुरामणि तिमिल्सिना
चैत्र -८। गुल्मीको छत्रकोटगाउँपालिका वडा नम्बर ४ र ५ बोहा अगाहा मन्बाक आलु पकेट समितिले औपचारिक कार्यक्रम गरि कृषि औजार तथा पाइप बितरण गरेको छ । समितिका अध्यक्ष तुल्सि बहादुर बुढाको अध्यक्षता रहेको कार्यक्रममा पालिकाकि उपाध्यक्ष नर्मदा भण्डारी प्रमुख अतिथि रहनु भएको थियो।

कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारी विशिष्ट अतिथि रहनु भएको थियो। यस्तै अन्य अतिथिहरुमा वडा नम्बर ४ का वडा अध्यक्ष डिलराम न्यौपाने , कार्यपालिका सदस्य रुम माया सिंजाली ,वडा सदस्य यम बहादुर नेपाली अतिथि रहनु भएको थियो ।

कार्यक्रममा मिनि टेलेर ६ थान , ५० थान कोदाली , र ७६० मिटर पाइप बितरण गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भण्डारीले कृषकहरुलाई दिएका सामग्रीहरु राम्रो संग प्रयोग गर्न आग्रह गर्दै कृषकका हरेक कार्यक्रममा पालिकाले नियामित सहयोग प्रदान गर्ने बताउनुभयो । कार्यक्रमको संचालन सचिव सुनिता भण्डारीले गर्नु भएको थियो।



















Discussion about this post