पाल्पाको अर्गलीमा लोकल कुखुराका चल्ला वितरण

15
SHARES
126
VIEWS

चुरामणि तिमिल्सिना
चैत्र -८। पाल्पाको अर्गलीमा लोकल कुखरा वितरण कार्यक्रम सम्पन्न भएको छ। ग्रामीण आर्थिक बिकास संघ रेडा पाल्पा कृषि पशु उद्यमशील बिकास परियोजनाको आयोजना र तानसेन नगरपालिका हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा उक्त लोकल कुखुरा वितरण कार्यक्रम गरिएको हो । वडा नम्बर १४ कि वडा सदस्य सिता ज्ञवालीको अध्यक्षता रहेको कार्यक्रममा वडा अध्यक्ष कमल राना प्रमुख अतिथि रहनु भएको थियो।

रेडा पाल्पाका डा. लेखनाथ अधिकारी ,पशुसेवा अर्गली पाल्पाका कार्यलय प्रमुख नारायण दर्लामी, भोजकुमारि मण्डल , उमा बिक स्थानिय कृषक लगायतको सहभागीता रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य डा. लेख नाथ अधिकारीले राख्दै कार्यक्रमको उदेश्य माथि प्रकाश पार्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष रानाले अर्गली पाल्पाका हरेक किसानहरुलाई फरक-फरक व्यसाय सञ्चालन गरेर आयाअर्जन गर्न आग्रह गर्दै दिएको तथा सामाग्री हरुको पनि सुरक्षा गर्न आग्रह गर्नु भयो ।

प्रत्येक किसानलाई २०० वटा लोकल कुखुरा ,दाना र पानी खुवाउने पानी, १ बोरा दाना बितरण गरिएको थियो।कार्यक्रमको सञ्चालन रेडाका बिरेन्द्र थापाले गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार