लक्ष्मीपुर मावि सत्यवतीमा पोशाक तथा नगद वितरण

13
SHARES
112
VIEWS

चुरामणि तिमिल्सिना
चैत -९। गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर २ चेहेमीमा अवस्थित श्री लक्ष्मीपुर माविमा पोशाक तथा नगद वितरण कार्यक्रम सम्पन्न भएको छ ।

पालिकाका वडा नम्बर २ पाहदीनिवासी हाल अमेरिका रहदै आउनु भएका पत्रकार प्रदीप थापाकी श्रीमति डा.विष्णुमाया परियार थापा, संस्थापक अध्यक्ष रहको संस्था नेपाल नेपाल दलित महिला उत्थान संघ (ADWAN)का महासचिव बिन्दु परियार थापा र बोर्ड सदस्य सपना परियारको उपस्तिथिमा यस बिद्यालयमा अध्ययनरत गरीब , दलित र जेहन्दार ३७ जना विद्यार्थीलाई पोसाक र १० जना विद्यार्थीहरुलाई जनही दस हजारको दरले १ लाख बितरण गरिएको बिध्यालयका प्रधानाध्यापक रामप्रसाद पाण्डे ले जानकारीदिनु भयो ।

बितरण समारोहमा बोल्दै सपना परियारले गरिब , दलित र अति बिपन्न बर्गका बिद्यार्थीहरुलाइ आफ्नो संस्थाले नियामित विभिन्न बिद्यालयमा यस्तै नगद पोशाक लगायतका सामग्री वितरण गरिरहेको र यो कार्यक्रम यस बिद्यालयमा आगामी बर्षहरुमा पनि नियामित सन्चालन हुने जानकारी दिनु भयो । बिद्यालय व्यवस्थापन समितिका सदस्य तथा वडा नम्बर २ का वडा अध्यक्ष दधिराम कुँवरको अध्यक्षतामा कार्यक्रम गरिएको थियो।

संघका महासचिब बिन्दु परियार कार्यक्रममा प्रमुख अतिथि रहनु भएको थियो। शिक्षक निरमाया तरामुको स्वागत मन्तव्य रह्र्को थियो भने, सन्चालन वडा सदस्य खडगवीर थापाको गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार