स्याङ्जामा लोकसाहित्यिक संगोष्ठी सम्पन्न

13
SHARES
108
VIEWS


स्याङ्जा÷०७ चैत्र
युवराज पौडेल

स्याङ्जा साहित्य प्रतिष्ठान र त्रिभुवन आदर्श बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा चैत्र ७ गते त्रिभुवन आदर्श बहुमुखी क्याम्पस मालेबगरमा लोकसाहित्यिक संगोष्ठी सम्पन्न भएको छ । सो गोष्ठीमा देशभरका विभिन्न ठाउँहरुबाट लोकसाहित्यका अनुसन्धाता तथा विश्लेषकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा लोक साहित्यका अनुसन्धाता प्रा.डा. मोतीलाल पराजुली, प्रा.डा. विष्णुप्रसाद पौडेल, प्रा.हुमाकान्त पाण्डे, बौद्धिक व्यक्तित्व दीनबन्धु अर्याल, तारापति सुबेदी, प्रा.डा. हिरण्यलाल ज्ञवाली, प्रा.टंक प्रसाद पन्थ, प्रा.डा. नेत्रप्रसाद न्यौपाने, शंकर प्रसाद गैह्रे, अम्बिका प्रसाद भट्टराई, बुद्धिजीवी त्रिभुवन शर्मा, उपप्राध्यापक डा.भूमिराज बस्ताकोटी, उपप्राध्यापक सुरज पौडल, त्रिभुवन आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बाबुकुमार सिग्देल, प्राध्यापक संघका सभापति शङ्कर लामिछाने, पूर्व क्याम्पस प्रमुख अर्जुनबन्धु अर्याल, उपप्राध्यापक, शिव तिमिल्सिना, अमृत रेग्मी, नारायण रेग्मी, क्याम्पस सञ्चालक समिति सदस्य गोबद्धन श्रेष्ठ, लेखक युवराज पौडेल लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रमुख अतिथि प्रा. डा.मोतीलाल पराजुलीले लोक साहित्यको सैद्धान्तिक पक्ष, लोकसाहित्यको अनुसन्धानमा अपनाइएका अभ्यासहरु, लोकसाहित्यको अनुसन्धानका शक्ति र सीमाहरुका सम्बन्धमा प्रकाश पार्नुभएको थियो । उहाँले नेपाली लोकसाहित्यका क्षेत्रमा पुरानो पुस्ताले केही उल्लेख्य काम गरिसकेकाले नयाँ पुस्ताले त्यसैको जगमा टेकेर नयाँ नयाँ कामहरु गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । त्यस्तै, प्रा.डा. विष्णुप्रसाद पौडेलले लोकसाहित्यका खोजकर्ताहरुले यसको मौलिकता र गरिमालाई चिनेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । प्रा. टंक प्रसाद पन्थले लोकगीतको महत्वमाथि प्रकाश पार्नुभयो । साहित्यकार विश्वप्रेम अधिकारीले स्याङ्जाली लोकगीतको अध्ययनका क्रममा आफू पश्चिमाञ्चलका धेरै क्षेत्रका लोकजीवनमा प्रत्यक्ष सहभागी भएर सामग्री संकलन गरेको धारणा राख्दै प्राथमिक सामग्री संकलनका लागि अनुसन्धाताले धैर्य र त्याग गर्नु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा त्रिभुवन आदर्श बहुमुखी क्याम्पसका उपप्राध्यापक प्रमोद पंज्ञानीले स्याङ्जाली ‘लोकगीतमा अभिव्यक्त लोकजीवन’, प्रा. हुमाकान्त पाण्डेले ‘बाह्रनामी (बाह्रनाथी) नाथ सम्प्रदाय र फेरी लगाउने परम्परा’, प्रा.डा. हिरण्यलाल ज्ञवालीले ‘लोकसाहित्यका सन्दर्भमा नेपाली लोकगीत ः विगत र वर्तमान’ शीर्षकका कार्यपत्रहरु प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्रहरुमाथि टंक प्रसाद पन्थ, विष्णुप्रसाद पौडेल, नेत्र प्रसाद न्यौपाने, युवराज पौडेल, भूमिराज बस्ताकोटी, सुरज पौडेल लगायतले टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रमको सभापतित्व स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन त्रिभुवन बहुमुखी क्याम्पसका उपप्राध्यापक प्रमोद पंज्ञानीले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य स्याङ्जा साहित्य प्रतिष्ठानका उपाध्यक्ष टीकाराम बाग्लेले राख्नुभएको थियो । कार्यक्रममा क्याम्पसको तर्फबाट सम्पूर्ण अतिथिहरुलाई त्रिभुवन आदर्श क्याम्पसका क्याम्पस प्रमुखले धन्यवाद ज्ञापनसहित शुभकामना दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार