चुरामणि तिमिल्सिना
चैत -९ ” सिप सिकाउ -आत्मनिर्भर बनाउ” भन्ने उद्देश्यका साथ पाल्पाको अर्गलीमा ४ दिने सीपमूलक अचार बनाउने तालिमको प्रमाण पत्र वितरण गर्दै तालिमको समापन गरिएको छ ।
नेपाल आदिबासी जनजाति महासंघ तानसेन नगरपालिका वडा नम्बर १४ अर्गली पाल्पाको आयोजनामा कार्यक्रम गरिएको हो । समापन शत्रमा वडा नम्बर १४ का वडा अध्यक्ष कमल राना प्रमुख अतिथि रहनुभएको थियो।
समापन शत्रमा बोल्दै प्रमुख अतिथि अध्यक्ष रानाले यस क्षेत्रमा पहिलो पटक यो अचार बनाउने तालिम सञ्चान भएको र चार दिने तालिमले पनि महिला दिदीबहिनीहरुलाई ठूलो टेवा पुगेकोले अवका दिनमा प्रमाणपत्र लिएर मात्र नबसि अचार बनाएर बजार सम्म पुर्याउन आग्रह गर्नु भयो ।
कार्यक्रममा विशिष्ट अतिथिहरु वडा सदस्य बिष्णु रेग्मी , रमेश न्यौपाने , सिता ज्ञवाली , नेपाली कङग्रेसका दधिराम न्यौपाने रहनु भएको थियो । यस्तै अतिथिहरुमा प्रहरी चौकी अर्गली पाल्पाका कार्यलय प्रमुख धर्म बहादुर थापा , महिला उत्थान समन्वय समिति अर्गली कि अध्यक्ष सरस्वती गैरे, मगर संघ अर्गलीका अध्यक्ष शंकर ढेगा, जनजातिका पुर्ब अध्यक्ष कमल बहादुर राना अतिथि रहनु भएको थियो। सस्थाका अध्यक्ष निमबहादुर रानाको अध्यक्षतामा सन्चालन भएको तालिम अवधिभर पार्बति गिरीले प्रशिक्षण भएको थियो ।
तालिममा मुला , लब्सि, मेथि ,लसुन च्याउ,र आपको अचार बनाउन सिकाइयको थियो कार्यक्रममा नेपाल आधिबासि जनजाति गाउँ समन्वय उपाध्यक्ष सुमित्रा रानाले धन्यवाद मन्तव्य राख्दै अतिथि तथा सहभागी सबैलाई अचार वितरण गर्नु भएको थियो भने सन्चालन सचिव कृष्ण थापाले गर्नु भएको थियो।
Discussion about this post