स्याङ्जामा दुर्घटनामा परि घाइते भएका गणेश गाहा कालीगण्डकीमा अझै बेपत्ता

13
SHARES
111
VIEWS

स्याङ्जा –चैत -१० स्याङ्जाको गल्याङ नगरपालिकामा ट्र्याक्टरबाट खसेर घाइते भएका एक सहचालकलाई अर्का सहचालकसँग मिलेर चालकले कालीगण्डकीमा बगाइदिएकाे प्रहरीले जनाएकाे छ । 

गल्याङ नगरपालिका पारीचौरमा पर्ने बेल्चौर साँखर कच्ची सडक खण्डमा गुडिरहेको लु अ फ १०२० अस्थायी नम्बर रहेको ट्र्याक्टरबाट खसेर घाइते भएका गणेश गाहालाई उनकै साथीहरुले कालीगण्डकीमा बगाएर बेपत्ता बनाइदिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । घाइते गाहालाई ट्याक्टर चालक अमित परियार र त्यही ट्र्याक्टरका अर्का सहचालक गल्याङ नगरपालिका ८ का २२ वर्षीय सुनिल रानाले त्यही ट्र्याक्टरमा राखी साखँर घाट कालीगण्डकीमा लगेर फालेको प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । चैत ५ गते राति १० बजे यो घटना भएको प्रहरीको भनाइ छ ।

 घटना भएको जानकारी पाउनासाथ प्रहरी टोलीले कालीगण्डकी नदीमा खोजी गरिरहेको भए पनि गाहा अझै फेला परेका छैनन् । बेपत्ता गाहाको खोजतलास गर्न गोताखोर टोली ल्याउने तयारी भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।घटनामा संलग्न अर्का सहचालक सुनिल रानालाई प्रहरीले पक्राउ गरेको छ । रानाले यस घटनाबारे आफ्नो दिदीलाई भनेपछि घटना बाहिर आएको हो ।

रानालाई प्रहरीले ज्यानसम्बन्धी कसुर कर्तव्य ज्यान मुद्दा दर्ता गरी सोमवार जिल्ला अदालत स्याङ्जाबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।त्यस्तै फरार रहेका ट्र्याक्टर चालक अमित परियारको खोजी भइरहेको र ट्र्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार