पाल्पामा वनमा लागेको आगो निभाउने क्रममा सिंजालीमगरको मृत्यु

13
SHARES
105
VIEWS

चैत -१४
मौसम सुख्खा रहेको कारण दैनिक आगलागीका घटनामा वृद्धि आएको छ। यसै क्रममा पाल्पामा वनमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ। जिल्लाको माथागढी गाउँपालिका वडा नम्बर ४ झडेवा बस्ने करिब ६५ वर्षका मान बहादुर सिंजालीको वनमा लागेको आगो नियन्त्रण लिने क्रममा निधन भएको हो।

जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार आज दिउँसो ४ बजेको समयमा आगो निभाउने क्रममा सिंजालीको मृत्यु भएको हो। उक्त घटना पश्चात् जिल्ला प्रहरी कार्यलय पाल्पाबाट प्रहरी निरीक्षक सहितको टोलि घटना स्थलमा पुगेर थप अनुसन्धान भैरहेको प्रहरी जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार