समृद्धिको यात्रामा गुल्मी जिल्ला केही कदम अगाडि

14
SHARES
118
VIEWS


चैत , २०७७।गुल्मीका विकट बस्ती अब विकट रहेनन् । अब सुविधासम्पन्न गाउँका रूपमा परिचय दिनेछन् । घर–घरमा धारा, स्तरीय सडक । स्वास्थ्य सेवा र शिक्षाको गुणस्तरमा वृद्धि । गुल्मेलीले बल्ल पूर्वाधार विकासको मौका देख्न पाएका छन् ।
गुल्मी को पूर्वाधार विकासमा क्षेत्र नम्बर १ का सांसद एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ठूलो लगानी भित्र्याएका छन् । क्षेत्र नम्वर १ मा ज्ञवाली निर्वाचित भएदेखि विभिन्न विकास निर्माणमा संघीय सरकारबाट झण्डै १२ अरब रुपैयाँ विनियोजन भएको छ ।
मन्त्री ज्ञवालीका स्वकीय सचिव जंग नेपालीका अनुसार आर्थिक वर्ष २०७५ ÷०७६ मा गुल्मी क्षेत्र नम्बर १ का विभिन्न विकास निर्माणमा एक अर्ब, १२ करोड ६४ लाख रकम विनियोजन भएको थियो ।
आर्थिक वर्ष २०७६ ÷०७७ मा पाँच अर्ब १३ करोड २२ लाख रुपैयाँ विनियोजन भएको थियो । चालु आर्थिक वर्षमा पाँच अर्ब ३९ करोड ३८ लाख १५ हजारसहित यस अवधिमा ११ अरब ६५ करोड २४ लाख १५ हजार रुपैयाँ गुल्मी क्षेत्र नम्बर १ मा संघीय सरकारबाट रकम विनियोजन भएको छ ।
जसमध्ये खानेपानी योजनामा रकमान्तर नौ करोड ३७ लाख रुपैयाँ, बलेटक्सार रिङ्गरोड निर्माणका लागि पाँच करोड, नागरिक आवास कार्यक्रम खरको छानो विस्थापनका लागि एक करोड ४० लाख विनियोजन भएको छ । त्यस्तै सांसद क्षेत्र पूर्वाधार कार्यक्रमतर्फ चार करोड, समपुरक कार्यक्रम योजनाका लागि आठ करोड १७ लाख विनियोजन भएको छ । कालिगण्डकी कोरिडोरका लागि ५० करोड विनियोजन भएको छ । पुल निर्माणका लागि २० करोड ५० लाख विनियोजन भएको छ । रेसुङ्गा पर्यटन विकासका लागि २० लाख, रेसुङ्गा एअरपोर्ट कालोपत्रेका लागि १४ करोड विनियोजन भएको छ । कालिगण्डकी कोरिडोर रिडी–रूद्रवेणी हर्मिचौर खण्डमा २१ किलो मिटर कालोपत्र गर्न एक अर्ब आठ करोड ८६ लाख विनियोजन भएको छ । चोरकाटे शान्तिपुर कालोपत्रेका लागि १६ करोड ८८ लाख रुपैयाँ विनियोजन भएको छ ।
तम्घास–नेटा सडक कालोपत्रेका लागि मन्त्री ज्ञवालीले सात करोड पारेका छन् । खज्र्याङ्ग–गुल्मीदरबार–घुम्ती मोटर बाटो, गौडाकोट –झिरवास –मजुवा मोटरबाटो , रिडी –खज्र्याङ्ग मोटरबाटो, पूर्तिघाट, फोक्सीङ्ग, ग्याघा, शान्तिपुर मोटरबाटो, भेडुवा, हुँगा, सिस्ने, चोरकाटे मोटरबाटो कालोपत्रे तथ स्तरोन्नतीका लागि १० करोड विनियोजन भएको छ ।
त्यस्तै विभिन्न सडक आयोजना – वर्तुङ्ग तानसेन, रिडी वामीटक्सार, खर्बाङ्ग सडक, वर्तुङ्ग, रिडी, तम्घास सडक , रिडी तानेसन सडक स्तरोन्नीत, रिडी, रूद्रवेणी वामीटक्सार दरमखोला काँडेवास गल्कोट बाग्लुङ्ग सडक, छत्रकोट गाउँपालिका, हुँगा, चोरकाटे , सत्यवती ७ सडक स्तरोन्नती हुने भएको छ ।
त्यस्तै पूर्तिघाट, फोक्सीङ्ग, ग्वाँघा, शान्तिपुर सडक रिडी बल्कोट, दाङ्ग, सुर्खेत सडक, खज्र्याङ्ग, गुल्मीदरबार घुम्ती मोटरबाटो, गैडाकोट, झिरवास मजुवा मोटरबाटो, रिडी खज्र्याङ्ग मोटरबाटो, रिडी, बल्कोट, हंसपुर, प्यूठान, सुर्खेत सडक, वर्तुङ्ग रिडी, तम्घास सडकको लागि २७ करोड ५० लाख विनियोजन भएको छ ।
रिडी कालिगण्डकी पर्यटकिय क्षेत्र तटबन्ध कार्यक्रमका लागि २८ करोड ८७ लाख विनियोजन भएको छ । रेसुङ्गा नगरपालिका ७ उनायचौरमा बन्न लागेको विद्युत शव स्टेशनका लागि ४७ करोड ५० लाख विनियोजन भएको छ । सत्यवती पहिरो पीडित पुनस्र्थापनाका लागि १० करोड परेको छ ।
तम्घास अस्पताल भवन निर्माण, श्रृंगा, रिडी, सत्यवती, कालिगण्डकी , गुल्मी दरबार र चन्द्रकोटमा १५ शैयाको अस्पताल निर्माणका लागि २० करोड विनोयजन भएको छ । रेसुङ्गा एअरपोर्ट निर्माणका लागि थप १४ करोड परेको छ । त्यस्तै संघीय विशेष अनुदान (स्थानीय तह) ६ करोड ७८ लाख परेको छ ।
संघीय समपुरक अनुदान पाँच करोड ११ लाख परेको छ । खानेपानीका लागि ६ करोड ६७ लाख विनियोजन भएको छ । पक्कीपुल निर्माणका लागि १७ करोड ३६ लाख विनियोजन भएको छ ।
रूरूक्षेत्र गाउँपालिका १ मा सितभण्डार निर्माणका लागि एक करोड १६ लाख बजेट विनियोजन भएको छ ।
सडक निर्माणमा छलाङ
पटौती, खज्र्याङ्ग, घुम्ती, गैडाकोट , मजुवा शान्तिपुर रणनीतिक सडकका लागि दुई करोड ४० लाख विनियोजन भएको छ । त्यस्तै पूर्तिघाट फोक्सीङ्ग, ग्वाघा, शान्तिपुर, आँपचौर, ईन्द्रेगौडा सडकका लागि ४० लाख बजेट परेको छ ।
छत्रकोट गाउँपालिका, हुँगा, गुन्टुङ्ग्रा सिस्ने चोरकाटे, सत्यवती सडक निर्माणका लागि ४० लाख बजेट परेको छ । रूद्रवेणी अस्लेवा, ठुलोलुम्पेक, जयखानी सडक निर्माणका लागि ४० लाख बजेट परेको छ । सत्यवती चन्द्रकोट लोकमार्गको लागि पनि त्यति नै रकम छुट्टाइएको छ ।
वर्तुङ्ग, रिडी , तम्घास सडकका लागि पनि त्यति नै बजेट विनियोजित भएको छ । त्यस्तै वर्तुङ्ग–रिडीदेखि वामीटक्सार खर्वाङ्ग, सोही सडक मार्गका लागि सात करोड ४० लाख बजेट छुट्टिएको छ । रिडी–खज्र्याङ्ग –बलकोट मोटर बाटो २७ किलो मिटर कालोपत्रेका लागि दुई अर्ब, २० करोड ५६ लाख विनियोजन भएको छ ।
रेसुङ्गा देउराली एअरपोर्ट सडक कालोपत्रेका लागि तीन करोड ५० लाख रकम परेको छ । रूद्रवेणी–मजुवा–वामी–खर्बाङ्ग सडक कालोपत्रेका लागि १० करोड बजेट विनियोजन भएको छ ।
कालिगण्डकी कोरिडोरमा नेपाली सेनाद्वारा १० मिटर कटिङ्गका लागि ३० करोड बजेट विनियोजन भएको छ । यस आर्थिक वर्षमा माथि उल्लेखित सडकका लागि दुई अर्ब, ८१ करोड ८४ लाख बजेट पारिएको छ ।
१५ वटा पक्की पुल बन्दै
गुल्मी को क्षेत्र नम्बर १ का विभिन्न सडक सञ्जाल जोड्ने १५ वटा पक्की पुल छन् । ती केही पूरा भए भने कुनै बन्ने क्रममा रहेका छन् । परराष्ट्रमन्त्री ज्ञवालीको सचिवालयका अनुसार बडिगाडखोलामा खैरेनीदेखि बोटेगाउँ जोड्ने पक्की पुल निर्माणका लागि चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ विनियोजन भएको छ ।
कालिगण्डकी नदीको सेतीवेनीमा गुल्मी र स्याङ्गजा जोड्ने पक्की पुलका लागि ४७ लाख ५० हजार विनियोजन भएको छ । गुुल्मीदरबार गाउँपालिकामा गौडाकोटदेखि पुर्खे जोड्ने पुल निर्माणका लागि ४७ लाख ५० हजार विनियोजन भएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार