चैत -१६ । स्याङ्जामा आज बिहान सवारी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । जिल्लाको वालिङ नगरपालिका वडा नम्बर ७ बिसाउनीराज स्थित चापाकोट – वालिङ भित्री सडक खण्डमा चापाकोटबाट वालिङतर्फ आउदै गरेको ग १ ख ९५९४ नम्बरको उइङ्गर गाडी उकालोमा रोकि चालक झरेको अवस्थामा उक्त दुर्घटना हुन पुगेको थियो। अचानक ब्याग भइ उइङ्गर सडकबाट १५ मिटर तल खस्दा ८ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीका अनुसार दुर्घटनामा परि घाइते हुनेहरुमा वालिङ न.पा.१३ बस्ने बर्ष २३ कि साबित्रा गैरे , भिरकोट न.पा.१ बस्ने बर्ष ३४ की सातुमा खातुन , १० वर्षकी अफ्रिया खातुन , सोही स्थानका ३१ वर्षका मजबुन मिया , निजको छोरा ब ३ वर्षीय महमद मिया , निजको छोरी १० वर्षकी महबुदा खातुन , भिरकोट न.पा.१ बस्ने बर्ष १४ की जदिदा खातुन र पुतलीबजार न.पा.१० बस्ने बर्ष २७ की फालिदा बेगम रहेका छन् । उइङ्गरमा सवार अन्य दुई जना बालबालिकाहरुलाई सामान्य चोटपटक लागेको थियो।
घाइते सवै जनाको प्रथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भैरहेको छ। दुर्घटनामा परि छतमा रहेको दुईवटा खसि समेत मरेको प्रहरी जनाएको छ।
Discussion about this post