चुरामणि तिमिल्सिना
चैत -१७। रुरु संस्कृत बिद्या पिठ रिडी गुल्मीमा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
क्यापसको शैक्षिक प्रगति उन्नति तथा चौतर्फि बिकासको लागी अन्तरक्रिया कार्यक्रम गरिएको हो। क्याम्पसका प्राचार्य खगेस्वर गौतमको अध्यक्षता रहेको कार्यक्रममा नेपाल संस्कृत विस्व बिध्यालयका कुल सचिब माधव अधिकारी प्रमुख अतिथि रहनु भएको थियो ।
यस्तै गरि विशिष्ट अतिथिहरुमा रुरु क्षेत्र गाउँ पालिकाका अध्यक्ष निलकन्ठ गौतम , विश्वबिध्यालयका लेखा अधिकृत कमल अधिकारी वडा नम्बर १ का वडा अध्यक्ष रामलाल बिक, अदैत संस्थाका आचार्य पिठका पिठादिस ज्ञानेस्वर ज्ञवाली रहनु भएको थियो ।
क्यापसका सह प्राध्यापक डा. मोहनीलाल नेपालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कार्यक्रमका अध्यक्ष तथा क्याम्पसका प्राचार्य गौतमले अन्तरक्रियाका लागि प्रस्तावहरु प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रममा जनप्रतिनिधि, सामाजिक अभियानताहरु, राजनैतिक दलका प्रमुखहरु , विभिन्न संस्थाका प्रमुखहरु, समाजसेवी बर्गहरु , पत्रकार , अभिभावक क्याम्पसका प्राध्यापकहरु कर्मचारीहरु लगायतको सहभागीतामा रहेको थियो।
अन्तरक्रियामा अध्यक्ष गौतमले यस क्यापसलाई गुरुकुलका माध्यबाट सन्चालन गर्ने ज्योतिष कक्षा सञ्चालन गर्ने , बिद्यार्थी सङ्ख्या वृद्धि गर्ने , भौतिक पुर्बधारको निर्माण गर्ने , बिद्यापिठ विकास समिति गठन गर्ने अबधाराणअगाडी राख्नु भएको थियो ।
दोस्रो चरणमा बक्ताहरुले यस क्षेत्रको प्रचारप्रसारमा पनि ठूलो टेवा पुग्ने भएकोले अध्यक्षले राखेका प्रास्ताबलाई स्विकार योग्य भएकाले आ-आफ्नो ठाउँबाट सहयोगको अभियानलाई आफुहरु पनि सरिक हुने बक्ताले कार्यक्रममा जोड दिएका थिए ।
यस्तै प्रमुख अतिथि उपकुलपति अधिकारीले बर्तमान समयमा संस्कृत शिक्षाको महत्त्व दिनप्रति बढ्दै गएकाले स्थानियको साथ र सहयोग भएमा अध्यक्ष गौतमले राखेका मागहरु पुरा गर्न बिश्व बिद्यालय तयार भएको बताउनुका साथै यस क्षेत्रमा सञ्चालन भएका गुरुकुललाई दरिलो बनाइ बिद्यापिठमा पनि सञ्चालन गर्न गौतमलाई अनुरोध गर्नु भयो ।
कर्यक्रमको सञ्चालन उप्रप्राध्यापक खगेन्द्र भुसालले गर्नु भयो।
Discussion about this post