दीपमा सामाजिक सञ्जालसम्बन्धी प्रिजेन्टेसन प्रतियोगिता सम्पन्न

19
SHARES
162
VIEWS

चैत -१८। इन्ट्रयाक्ट क्लब अफ दीप बोर्डिङ हाई स्कूलले प्रिजेन्टेसन प्रतियोगिता सम्पन्न गरेको छ ।

सामाजिक सञ्जालले विद्यार्थीमा प्रभाव भन्ने विषयमा गरिएको प्रिजेन्टेसन प्रतियोगितामा ५ वटा विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा विद्यार्थीहरूले सामाजिक सञ्जालको सदुपयोग, दुरुपयोग र यसका राम्रा तथा नराम्रा पक्षका बारेमा प्रोजेक्टरका माध्यमबाट आआफ्नो प्रस्तुति राखेका थिए ।

प्रतियोगितामा पामिर इन्टरनेसनल एकेडेमीका विद्यार्थीहरू प्रथम, हासिल गरेका हुन, यस्तै अक्सफोर्ड इङ्ग्लिश बोर्डिङ स्कूलका विद्यार्थीहरू द्वितीय र क्यानन इङ्ग्लिश बोर्डिङ स्कूलका विद्यार्थीहरू तृतीय हुन सफल भएका हुन । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु २ हजार, द्वितीय हुनेलाई रु १५ सय र तृतीय हुनेलाई रु १ हजारका साथ सिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो भने सहभागी सबै विद्यालयलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै रोटरी क्लब अफ बुटवलका अध्यक्ष सुनिल श्रेष्ठले जल्दोबल्दो विषयमा इन्ट्रयाक्ट क्लब अफ दीप बोर्डिङ हाई स्कूलले कार्यक्रम राखेकोमा धन्यवाद दिँदै आगामी दिनमा यस्तै रचनात्मक कार्यक्रम सन्चालन गरेर बिद्यार्थी बर्गमा पुर्याउन सकेमा समाज सङै देश भरि यस्को प्रभाव पर्ने बताउनु भयो ।

कार्यक्रममा विद्यालयका उपप्राचार्य सुरेन्द्रकुमार शाक्यले प्रतियोगिताले विद्यार्थीहरूमा प्रस्तुतीकरण सिप तथा अभिव्यक्ति क्षमता वृद्धि हुने तथा सामाजिक सञ्जाल हेर्दा शैक्षिक कुराहरू हेर्न र पड्न जोड दिनुभयो ।

इन्ट्रयाक्ट क्लब अफ दीप बोर्डिङ हाई स्कूलकी अध्यक्ष ऋषिका रिमालको अध्यक्षतारहेको प्रतियोगितामा रोटरी क्लब अफ बुटवलका अध्यक्ष सुनिल श्रेष्ठको प्रमुख आतिथ्यता, रहेको थियो। विद्यालयका उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य अतिथि रहनु भएको थियो।

कार्यक्रममा अन्वेषा आचार्यले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन शिक्षक हेमराज आचार्यले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार