रिडीमा अटो चलाएर परिवार पाल्दै थोर्गाका महेन्द्र सोमै

14
SHARES
119
VIEWS

यम सोमै

चैत -१८ । कामको खोजीमा ३० वर्ष भारतमा बिताएका गुल्मी थोर्गाका महेन्द्र सोमैले रिडीमा अटो चलाएर परिवार पालेका छन् । भारतमा हुँदा तीन पाङ्ग्रे स्कुटर चलाउन जानेका सोमैले नेपाल आए पछी तीन पाङ्ग्रे अटो चलाउने पेसा छानेका हुन् ।

करिब २ वर्ष बुटवलमा अटो चलाएका सोमैले विगत डेढ वर्ष देखि रिडीमा नै अटो चलाउन थालेका हुन् । आफ्नै परिवारको न्यानो माया , जन्म दिने आमाको काखमा बसेर काम गर्न पाउदा आफुलाई खुसी लागेको सोमैले बताएका छन् । १३ वर्षको उमेरमा भारत छिरेका सोमै हाल ४८ वर्षका भएका छन् । आफ्नै घरमा प्राण भन्दा प्यारी श्रीमती , प्यरो छोरा र जन्म दिने आमाको काखमा बसेर कमाएको कमाईबाट सन्तुष्ट भएको बताउदै सोमैले मेहनत गरे यहीँ पनि परिवार पाल्न सकिने बताउनुभयो ।

आफुले अहिले साहुको अटो चलाए पनि आफ्नै अटो किनेर चलाउने रहर भएको समेत बताउनु भयो। विदेशमा गएर पसिना बगाउनुको साटो नेपालमै काम गर्दा राम्रो हुने सोमैले बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार