चुरामणि तिमिल्सिना
चैत -२१। पाल्पाको तानसेन नगरपालिका वडा नम्बर १४ छत्तिवनमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ।
नेपाली जनता बिना बर्दीका प्रहरी भएकोले समाजमा अपराधिक गतिविधि न्यूनीकरण गर्नका लागि जनताको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। यस्तै गरि समाजमा आइपर्ने सामाजिक एवम् प्राकृतिक बिपत्तिमा सहजीकरणका लागि स्थानीय बासिन्दाको उत्तिकै महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। यिनै तथ्यलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यलय अर्गलीद्वारा समुदाय प्रहरी साझेदारी कार्यक्रमको आयोजना गरिएको थियो।
जिल्ला प्रहरी कार्यलय पाल्पाबाट प्र.स.नि. धर्म बहादुर घर्ती मगर सहितको प्रहरी टोलीले स्थानियहरुलाई डढेलो तथा आगोलागीबाट अपनाउनुपर्ने पूर्ब साबधानीका उपायहरु सम्बन्धि जनचेतनामुलक प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रम समयसापेक्ष एवम् प्रभावकारी भएको भन्दै स्थानीय बासीमा खुसी छाएको टोल संयोजक कृष्ण प्रसाद भट्टराईले जानकारी दिनु भयो।
Discussion about this post