चैत -२३
नेपाल केन्पो खुकुरी मार्सल आर्टस संघ स्याङ्जाको अधिबेशन सम्पन्न भएको छ।
गत २१ गते नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघका केन्द्रिय सदस्य एवम् युवा संघ केन्द्रिय अनुशासन विभागका संयोजक क. भरत गोदारको प्रमुख आतिथ्यमा भिरकोट नगरपालिकाको बयरघारीमा अधिबेशन सम्पन्न भएको हो। उक्त अधिबेशनबाट दिपेन्द्र अधिकारीको अध्यक्षतामा १७ सदस्यीय कमिटी समेत गठन गरिएको छ।
नवगठित कमिटीमा अध्यक्ष दिपेन्द्र अधिकारी , उपाध्यक्ष भुवन थापा एवम् मोहम्मद जुमाल अलि , सचिब गणेश रावत र कोषाध्यक्ष शिव हिताङ रहेका छन् ।
यस्तै गरि अन्य सदस्यहरुमा धन बहादुर खत्री (किसान), नवीन पौडेल , बिमल परियार , कमल पाण्डे , रेशम बहादुर क्षेत्री (अन्जान) , मोहन गुरुङ , बिनोद बिक , संगम शाही , नर बहादुर थापा ( सफल), रोशन थापा र प्रबिन क्षेत्री रहेका छन् ।
यो संस्था नितान्त एउटा खेलकुद संस्था भएकोले आगामी दिनहरुमा मार्सल आर्ट्स सम्बन्धि खेलकुद गतिविधी सन्चालन गर्ने संघको लक्ष्य रहेको नवगठित कमिटीका अध्यक्ष दिपेन्द्र अधिकारीले जानकारी दिनु भयो। आगामी ३ महिना भित्रमा स्याङ्जा जिल्लामा रहेका ११ वटै पालिकाहरुमा पालिका स्तरिय कमिटी गठन गर्ने कार्यक्रम रहेको समेत अध्यक्ष अधिकारीले बताउनुभयो ।
Discussion about this post