चैत -२३
यम सोमै । स्याङ्जा – कालीगण्डकी गाउँपालिकाले विभिन्न सात बिधाहरुमा सिपमुलक तालिम प्रदान गर्ने भएको छ। सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको संयुक्त आयोजनामा हुने सिपमुलक तालिममा मोबाइल मर्मत , डकर्मी तालिम , ड्राइभिङ , वेल्डिङ , मन्टेश्वरी तालिम , हाते ट्र्याकटर मर्मत तालिम र होमस्टे लगायतका बिधामा गाउँपालिकाले तालिम दिने भएको हो।
तालिममा सहभागी हुन गाउँपालिका भित्रका नागरिकबाट ७ दिन भित्र आवेदन दिन गाउँपालिकाले आग्रह गरेको छ। प्रत्येक बिधामा २० जनाले मात्र तालिमको अवसर प्राप्त गर्ने समेत पालिकाले जनाएको छ ।
Discussion about this post