चुरामणि तिमिल्सिना
चैत -२३। गुल्मी- गुल्मीदरबार गाउँपालिकाले जिल्लामै पहिलो पटक सञ्चालनमा ल्याएको ”कस्तो छ आमा ? ” कार्यक्रम अन्तर्गत गर्भवति, प्रसुति, सुत्केरि र नवजात शिशु स्वास्थ्य सेवा सङ्गै गाउपालिकाको पोषणयुक्त कोसेली वितरण कार्यक्रम दिन प्रति दिन प्रभावकारी बन्दै गएको गर्भवति महिलाहरुले बताएका छन ।
पालिकाका स्वास्थ्य कर्मचारी तथा स्वास्थ्य प्रमुख सहितको टोलि ग्रामीण भेगमा पुग्दा जेष्ठ नागरिक हरुपनि खुशी भएको स्वास्थ शाखा प्रमुख नारायण प्रसाद अर्यालले जानकारी दिनुभयो ।
यता पालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्षमण पाण्डेले आफु पालिकामा प्रवेश गरे संगै जिल्लामा सञ्चालन नभएका विभिन्न नयाँ -नयाँ कार्यक्रमहरु पालिकामा सञ्चालन गरेको , जेष्ठनागरिक लाई घर दैलोमा पुगि सेवा प्रदान गरिरहेको, विभिन्न बिध्यालयमा स्वास्थ कार्यक्रम संगै चेतनामुलक गतिविधि प्रस्तुत गरेको बताउनु भयो।
प्रशासकीय अधिकृत पाण्डेले सकेसम्म आफुले आफुले काम गरेको पालिकामा स्वास्थमा मात्र नभइ सबै शिक्षा , खानेपानी, बिद्युत , सञ्चार , प्रशासननिक कार्यशैली , काम गर्ने तौरतरिका, खेलकुद गतिविधिमा पनि परिवर्तन ल्याउन सफल भएको बताउनु भयो ।



















Discussion about this post