पाल्पामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

21
SHARES
172
VIEWS

चैत -२४
पाल्पामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा बगनासकाली गाउँपालिका वडा नम्बर ४ का २० वर्षका बिजय खाम्चा र रिब्दीकोट गाउँपालिका वडा नम्बर ४ का २७ वर्षका राज थापा रहेका छन् ।

गए राति तानसेन नगरपालिका ७ काजीपौवामा तानसेन तर्फ जाँदै गरेको लु २ च ६३२ नम्बरको कुखुरा बोक्ने पिक अप जिप सडकबाट २० मिटर तल खस्दा उक्त दुर्घटना हुन पुगेको थियो।

दुर्घटनामा परि गम्भीर घाइते भएका खाम्चा र थापालाई उपचारका लागि युनाइटेड मिसन अस्पताल तानसेन पुर्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पाल्पाला सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनु भयो।

दुर्घटना भएको स्थानमा जिल्ला प्रहरी कार्यलय पाल्पाबाट प्रहरी निरीक्षकको कमान्डमा घटना स्थलमा पुगि दुर्घटना सम्बन्धि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार