स्याङ्जामा रोकिराखेको बस जलेर पूर्णरूपमा नष्ट

20
SHARES
166
VIEWS

चैत २४
स्याङ्जा – स्याङ्जामा रोकिराखेको बसमा आगलागी हुँदा बस जलेर नष्ट भएको छ। जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर ६ नुहार स्थित टक्सार-पोखरा भित्री सडक खण्डमा चल्ने ग १ख ७१६६ नम्बरको बस पूर्णरुपमा जलेर नष्ट भएको हो। प्रारम्भिक अनुसन्धानका आधारमा तार सर्ट भइ आगलागी भएको तथ्य प्रहरीले सार्वजनिक गरेको छ।

बसमा कोहि यात्रु नभएकोले मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनु भयो।

प्रहरीले बसका मालिक पोखरा महानगरपालिका वडा नम्बर २१ कृष्टी बस्ने २९ वर्षका सुभास केसी र सहचालक १८ वर्षका नवराज गिरीलाई नियन्त्रणमा लिएर आगलागीका सम्बन्धमा थप अनुसन्धान भैरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार