चैत -२४
स्याङ्जामा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वालिङ नगरपालिका वडा नम्बर ६ बस्ने २१ वर्षका गणेश बिक रहेका छन् ।
जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार गत २२ गते राति १०:३० बजेको समयमा १६ वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बिकलाई पक्राउ गरिएको हो।
आरोपितलाई जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरि सम्मानित जिल्ला अदालत स्याङ्जाबाट थप १० दिनको म्याद लिएर थप अनुसन्धान कार्य भैरहेको समेत सूचना अधिकारी एवम् प्रबक्ता प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिनु भयो।
Discussion about this post