चैत-२८।
राष्टि्य जनुमुक्ती पार्टी स्याङजाको पाचौ जिल्ला अधिवेशन यहि चैत्र २७- २८ गते स्याङ्जाको वालिङमा सम्पन्न भएको छ। पार्टीका संघीय परिषदका सदस्य तथा गण्डकी प्रदेशका अध्यक्ष मनधरीअालेले एक समारोहको विच अधिवेशनको उद्घाटन गर्नुहुदै,जातीय जनसंख्याको अाधारमा पुर्ण समानुपातीक प्रतिनिधित्व र पहिचान सहितको संघियता संविधानमा लिपिवद्दरुपमा नलेखिदासम्म जनमुत्ती पार्टीको अान्दोलन जारी रहने वताउनुभयो,,वहाले अोलीसरकारको अकर्मण्यता र हठको कारण मुलुक संकटको भुमरीमा ढकलिएको वताउनुहुँदै प्रतिपक्ष कांग्रसले पनि अप्रत्यक्ष रुपमा अोलिलाइसाथ दिएकोले राष्ट्रले निकास पाउन नसकेको वताउनुभयो।

उत्त कार्क्रममा पार्टीका संघीय महासभा सदस्य पदम गाहा,गण्डकी प्रदेशका उपसचिव ईश्वर रानालगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो,कार्यक्रम जनमुक्ती पार्टी स्याङजाको अध्यक्ष वम लामीछानेको सभापतित्वमा सम्पन्नभएको थियो भने जिल्ला सहसचिव एकुरानाको सवागत र संचालन सचिव कृष्णमाया रानाले संचालन गर्नुभएको थियो।
राष्ट्रिय जनमुक्ती पार्टी स्याङजाको पाचौ जिल्ला अधिवेशनवाट वम लामीछाने चयन हुनुभएको छ,पार्टीको यहि २७-२८ गते वालिङमा सम्पन्न अधिवेशनमा जिल्ला भरिका करिव १६५ जना प्रतिनिधि र पर्यवेक्षक सहभागीता रहेको थियो। उक्त पाचौ जिल्लाअधिवेशनले राष्ट्रिय जनमुक्ती पार्टी स्याङजाको वम लामीछानेको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति गठन गरेकोछ,जसको उपाध्क्षमा एकुराना, सचिवमा कृष्णमायाराना,कोषाध्यक्षमा,केशरी थापा,उपसचिवमा भुवन थापा ,संगठन सचिवमा केशर थापा लगायत १५सदस्यीय रहेका छन,वाकी एघार जनासदस्य भूगोल र क्लस्टर मिलाई मनोनित गरिने वताईएको छ।

साथै उक्त अधिवेशनले ११ वुढे सांगठनिक प्रस्ताव जारीगर्दै अधिवेशन सम्पन्न गरेको छ।
Discussion about this post