स्याङ्जाको भीरकोट नगर पालिका आज बाट कोरोना संक्रमण मुक्त भएको छ। भीरकोट नगरपालिकामा हाल सम्म ११ जना कोरोना संक्रमित रहेका थिए। ती मध्य अन्य १० जना यस भन्दा अघि नै कोरोना भाइरस लाई जितेर घर फर्किसकेका थिए। बाकी एक जना आज डिस्चार्ज भए संगै भीरकोट नगर पालिका कोरोना संक्रमण मुक्त भएको हो। कालिका हस्पिटल हेलुमा उपचाररत कोरोनाबाट संक्रमित यम बहादुर गुरुङको कोरोना परिक्षण नेगेटिभ आए पछि हस्पिटल बाट डिस्चार्ज गरिएको जानकारी भिरकोट नगरपालिकाका स्वास्थ्य प्रमुख नारायण बन्दु अर्यालले बताउनु भयो। यसैक्रममा भीरकोट नगरपालिकाका विभिन्न स्थानहरूको क्वारेन्टाइनमा रहेका ३० जनाको पिसिआर परिक्षणको नतिजा नेगेटिभ आएकोले बिदाई गरिएको हो। भिरकोट नगरपालिकामा बिदेशबाट आउनेहरुको लागि ४० वटा बेड क्षमता भएको क्वारेन्टाइन निर्माण समेत गरिएको स्वास्थ्य प्रमुख अर्यालले बताउनु भयो। भीरकोट नगरपालिकाका नगर प्रमुख, नगर प्रवक्ता लगायतका कर्मचारीहरुको कोरोना परिक्षणको नतिजा नेगेटिभ आएको थियो ।
Discussion about this post