वैशाख -३। स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा उपाध्यक्षको साथमा, पोषिलो झोला गर्भवती र बालबालिकाको हातमा कार्यक्रम सम्पन्न भएको छ।
चैत २९ गतेबाट गर्भवती तथा दुई वर्षमुनिका बालबालिकाहरुलाई लक्षित गरि यो कार्यक्रम पालिकाका सम्पूर्ण वडाहरुमा सञ्चालन गरिएको कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष साबित्रा कोइरालाले जानकारी दिनु भयो।
यो कार्यक्रम मार्फत पालिका भरिका भरिका १२० जना गर्भवती महिला र दुई मुनिका ५४७ जना बालबालिकालाई पोषण युक्त झोला वितरण गरिएको उपाध्यक्ष कोइरालाले जानकारी दिनु भयो।
पोषण युक्त झोलामा अण्डा, चना , सर्वोत्तम आटा लगायतका खाद्य सामग्री समाबेश गरिएको थियो।
कालीगण्डकी गाउँपालिका भरिमा ९ जनामा कुपोषणको शिकार भएको समेत पालिकाले जानकारी दिएको छ।
गर्भवती तथा बालबालिकाहरुलाई पोषिलो खानेकुराको आवश्यकता पर्ने भन्दै आफुले यो कार्यक्रम ल्याएको बताउनु हुँदै उपाध्यक्ष कोइरालाले पोषणयुक्त खानेकुराको अभावमा कोहि पनि बालबालिका तथा गर्भवती महिला कुपोषित हुन नहुने बताउनुभयो ।
Discussion about this post