स्याङजाका आगोलागि पिडित परीवारलाई सहयोग

79
SHARES
659
VIEWS

बैशाख ६, स्याङजा
बिष्णु पाण्डेय
चैत्र २८ गते आगोलागिबाट घरबार विहिन भएका कालिगण्डकी गाउपालिका १ स्याङजा बर्तुङका एक दम्पत्तिलाई सहयोग प्राप्त भएको छ । कालिगण्डकी गाउपालिका १ खोर्दिका सोमै समुदायले उनीहरुलाई १४ हजार रुपैया , खाद्यान्न र केहि लत्ताकपडा सहयोग गरेका हुन् । सहयोग हस्तान्तरण गर्दै क्याप्टेन धुम बहादुर सोमैले यो विषम परीस्थितिमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

साथै शेर बहादुर सोमैले पिडित परीवारलाई केहि राहत होस भनेर आफुहरुले सहयोग प्रदान गरेको बताउनुभयो । उहाले स्थानीय सरकारले पिडित परिवारको घर पूनर्निमाण गरीदिनुपर्ने बताउनुभयो । गत चैत्र २८ गते जङगलबाट सल्किएको आगो नियन्त्रणभन्दा बाहिर गएर पिडित परीवारको घर गोठ जलेर पूर्ण रुपमा नष्ट भएको छ । पिडित दम्पतिका सन्तान पनि नभएका कारण खर्चको जोहो गर्न साह्रै कठिन भएको छिमेकिले बताउदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार